टन्सिल भयाे ? यी ५ घरेलु उपाय अपनाउनुहोस् सजिलै ठिक हुन्छ

घाँटिको भित्र पट्टीको भागमा ब्याक्टेरियल इन्फेक्सन हुनुलाई टन्सिलाइटिस वा सामान्य भाषामा टन्सिल भएको मानिन्छ । मौसम बदलिनाले धेरैजसो टन्सिलको समस्या आँउछ । सामान्यतया चिसो मौसममा धेरै मानिसहरुलाई यो समस्याले सताएको हुन्छ । यसबाट बच्नको लागि हामीले यसको लक्षण र यसको उपचारको बारेमा थाहा पाइराख्नुपर्ने हुन्छ ।


टन्सिल को लक्षण 


सामान्यतया टन्सिल हुनाले घाँटिमा खसखस हुन्छ र दुखाई महसुस हुन्छ । यसको साथै टन्सिल्स बढ्नाले कहिलेकाँही आसपासको तन्तुहरुमा संक्रमणको कारण पिप निस्कछ । त्यसको कारणले दुखाई धेरै नै बढि हुन्छ र केही खानेकुरा निल्न पनि गाह्रो हुन्छ । सही समयमा यसको उपचार भएन भने यो धेरै नै घातक हुन सक्छ ।

 

उपचारकाे घरेलु तरिका 


टन्सिलबाट बच्नको लागि कुल्ला गर्नु सबैभन्दा राम्रो उपचार हो । यी ५ घरेलु तरिका अपनाउनु भयो भने तपाईले सजिलै नै टन्सिलको समस्या समाधान गर्न सक्नुहुन्छ ।


१. अदुवा–

 

 तातो पानीमा कागतीको रस र ताजा अदुवा पिसेर मिसाउनुहोस । यस पानीलाई हरेक घन्टा कुल्ला गर्नुहोस । यो तातो हुनाले आराम दिलाउन मद्धत गर्छ । यसको अलावा अदुवा राखेको चिया पिउनाले पनि आराम मिल्छ ।


२. दुध– 

 

काँचो मेवाको दुध मिसाएर कुल्ला गर्नाले पनि टन्सिल्सबाट आराम मिल्छ । यसबाहेक एक कप तातो दुधमा आधा चम्चा पिसेको बेसार मिसाएर पिउनाले पनि चाँडो टन्सिल ठीक हुन्छ ।


३. नुन पानीले कुल्ला– 

 

घाँटीको समस्याको लागि नुन धेरै नै उपयोगी हुन्छ । मनतातो पानीमा एक चम्चा ढिका नुन मिसाएर कुल्ला गर्नाले ब्याक्टेरिया मर्छन् र तपाईलाई आराम मिल्छ ।


४. मह– 

 

तातो वा मनतातो पानीमा कागतीको साथमा मह मिसाएर प्रयोग गरेमा घाँटिको दुखाई धेरै नै कम हुन्छ र टन्सिल पनि छिट्टै ठिक हुन्छ ।


५. लसुन– 

 

उम्लिरहेको पानीमा केही पोटी लसुन हालेर राम्रोसँग उमाल्नुहोस । यो पानी हल्का चिसो भएपछि कुल्ला गर्नुहोस । यसले घाँटिको खसखस पनि ठिक हुन्छ र गन्धको समस्या पनि ठिक हुन्छ ।



Your Comment

थप समाचार

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 28 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

  • 31 minutes ago
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह

बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

  • 38 minutes ago
बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

एजेन्सी । सबैले पछिल्लो पटक लियोन मेस्सीको लब स्टोरी जान्न चाहेका समेत छन् । व्यवसायिक फुटबल खेल्ने कतिपय खेलाडीहरुको विवाह तथा डिभोर्सको चर्चा मिडियामा भइ नै रहे । तर, लव अफेयरका मामिलामा गम्भिर रहेक


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

काठमाडौँ । मलेशियाको लागि उडान भर्ने क्रममा विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानिएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।