शीर्ष नेताको ताजा अवस्थाः देउवा र दाहाल ‘डेन्जर जोन’मा, ओली ‘सेफ साइड’मा

काठमाडौं, मंसिर १९ । बिहीबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मुख्य दलका मुख्य नेताको पछिल्लो अवस्थाबारे धेरैलाई चासो छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको चुनावी परिणामबारे विभिन्न खाले टिकाटिप्पणी हुने गरेको छ ।

 

प्राप्त पछिल्लो सूचना तथा जानकारीका आधारमा एमाले अध्यक्ष ओली ‘सेफ साइड’मा छन् भने कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहाल ‘डेन्जर जोन’मा छन् । पछिल्लो चुनावी गतिविधि, यसअघिका चुनावहरुमा दलका नेताहरुले पाएको मत र प्रतिस्पर्धीको लोकप्रियताका आधारमा यस्तो विश्लेषण गरिएको छ ।

 

दाहाललाई कमजोर मैदानमा पनि जित्नैपर्ने दबाव

 

कांग्रेस मजबुत भएको चितवन क्षेत्र नम्बर तीनबाट चुनाव लडेका माओवादी अध्यक्ष दाहाललाई कांग्रेसी गठबन्धनका उम्मेदवार राप्रपाका नेता तथा मन्त्री विक्रम पाण्डेलाई पराजित गर्न मुस्किल पर्ने देखिएको छ । यद्यपि, पछिल्ला दिनहरुमा दाहालले बढाएको गतिविधि, एमालेले गरेको समर्थन र हेभी वेटका नेता भएका कारण दाहालले जित्ने सम्भावना तुलनात्मक रुपमा बढेको विश्लेषण गरिएको छ । यद्यपि, उनको स्थिति चुनौतीरहीत छैन ।

 

स्थानीयत तह निर्वाचनका आधारमा यो क्षेत्रमा वाम गठबन्धन ७ हजार ३६५ मतले अगाडी देखिन्छ । भरतपुर महानगरको १९ वडामा नेपाली कांग्रेसले २३ हजार ४८७ मत ल्यायो । माडी नगरपालिकामा कांग्रेसले ल्याएको ३ हजार ४३६ मत जोड्दा कांग्रेसको मत २६ हजार ९२३ हुन जान्छ । राप्रपाले ल्याएको ८ हजार ३१० मत जोड्दा कांग्रेस रराप्रपाको संयुक्त मत ३५ हजार २३३ हुन्छ ।

 

यता भरतपुर महानगरको १९ वटा वडामा नेकपा एमालेले २० हजार २५६ मत प्राप्त गरेको छ । उसले माडी नगरपालिकामा प्राप्त गरेको मत ४ हजार २३८ हो । यो दुई क्षेत्रको मत जोड्दा एमालेले कुल २४ हजार ५९८ मत प्राप्त गरेको छ ।

 

माओवादी केन्द्रले भरतपुर महानगरको १९ वटा वडामा १४ हजार ३३८ मत ल्याएको छ । माडी नगरपालिकामा माओवादीको मत ३ हजार ७६६ हो । यो दुई ठाउँको मत जोड्दा माओवादी केन्द्रको कुल मत १८ हजार १०४ हुन आउँछ ।

 

यसरी माओवादी र एमालेले पाएको मत जोड्दा बाम गठबन्धनको कुल मत ४२ हजार ५९८ पुग्छ । यसमा कांग्रेस राप्रपाले पाएको संयुक्त मत ३५ हजार २३३ घटाउँदा वाम गठबन्धनको पक्षमा ७ हजार ३६५ मत बढी छ ।

 

यसपटक जिल्लामा कुल ४१ हजार मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनका बेला असन्तुष्ट कांग्रेसको मत रुखमा र दुबै चिन्हमा परेको थियो । त्यो मत काँग्रेसको पक्षमा अहिले केही थपिन सक्छ । चितवनको सात स्थानीय निकायको तुलना गर्दा भरतपुर महानगरको १९ वडा र माडीमा गरेर नयाँ मतदाता पनि थपिएका छन् । त्यो मत मिश्रित रहेको देखिन्छ । यसरी हेर्दा स्थानीय निर्वाचनको मताधारमा हेर्दा गठबन्धन अगाडी देखिएको छ ।

 

तर, उनका प्रतिस्पर्धी विक्रम पाण्डेलाई यसभेगका नागरिकले राम्रै मान्दछन् । ठेकेदार भएका कारण स्थानीय विकासमा पाण्डेको सहभागिता राम्रो भएको स्थानीयको बुझाई छ । त्यस्तै माडीको मत पाण्डेको पक्षमा जाने सम्भावना प्रबल भएको बताइएको छ । गठबन्धनका कारण एमाले–माओवादीबीच अन्तर्घात हुने सम्भावना पनि उत्तिकै छ । जसका लागि कांग्रेस गठबन्धनले व्यापक चलखेल गरिरहेको बुझिएको छ ।

 

स्थानीय तहको निर्वाचनमा कांग्रेस कार्यकर्ता भड्किए झैँ एमाले कार्यकर्ता अहिले पनि भड्किएभने पनि उनका सामु ठुलै चुनौती पर्न जान्छ ।


देउवालाई पनि कठिन

 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्दैछन् । उनीसँग वाम गठबन्धनका उम्मेदवार एवं माओवादीका युवा नेता खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् । बहुदलीय व्यवस्था पुर्नस्थापनायता संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक भने डेन्जर जोनमा परेका छन् । स्थानीय तह निर्वाचनकै आधारमा मतदान हुने भए एमाले र माओवादीले चुनावी तालमेलपछि देउवाको स्थिति कठिन मोडमा पुगेको हो ।

स्थानीय निर्वाचनको आँकडा र वाम गठबन्धनः नेपाली कांग्रेस गत स्थानीय चुनावमा एमाले र माओवादीको कुल मतभन्दा ८ हजार ३३७ ले पछि परेको छ । स्थानीय तहमा (अध्यक्ष र प्रमुखका आधारमा) कांग्रेसले १९ हजार ५२३ मत पाएको थियो । एमालेले १६ हजार ९१५ र माओवादीले १० हजार ९४५ मत ल्याएको थिए । एमाले र माओवादीको मत जोड्दा २७ हजार ८६० पुग्छ, जबकि कांग्रेसको १९ हजार मात्रै छ । सरसर्ती हेर्दा देउवाले स्थानीय चुनावमा एमाले र माओवादीलाई मतदान गरेका करिब ४ हजार मतदाताको मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ

 

पछिल्लो समयमा प्रधानमन्त्री देउवा विभिन्न ‘स्क्याण्डल’ हरुले गर्दा विवादमा आइरहेका छन् । डडेल्धुराका मतदाता अब आफ्ना प्रतिनिधि परिवर्तन चाहन्छन् भन्ने स्थानीय निर्वाचनको परिणामले देखाइसकेको छ । डडेल्धुरामा अब चार–चार पटक प्रधानमन्त्री भइसकेका देउवा बाहेक अरुलाई पनि चान्स दिनुपर्छ भन्ने चर्चा निकै व्यापक छ । यसकारण पनि देउवालाई चुनाव जित्न निकै कठिन हुने देखिएको छ ।

 

‘सेफजोन’मा ओली

 

झापाको क्षेत्र नं–५ मा एमाले अध्यक्ष केपी ओलीले सजिलै जित्ने आँकलन गरिएको छ । विगतका चुनावी नतिजाका आधारमा पनि ओली यहाँ सुरक्षित छन् । ०७० सालको संविधानसभाको निर्वाचनमा अध्यक्ष ओली झापा क्षेत्र नम्बर ७ बाट निवार्चितत भएका थिए । उनले १९ हजार २८७ मत ल्याएर नेपाली कांग्रेसका सुरेशकुमार याङ्गनालाई पराजित गरेका थिए । याङ्गनाको ११ हजार ४१ मत आएको थियो । माओवादी केन्द्रका गोपाल किराँतीले ८ हजार ८ सय २ मत ल्याएर चौथो भएका थिए ।

 

यसअघिको ७ नम्बर क्षेत्र अहिले ५ नम्बर क्षेत्रभित्र पर्दछ । यो क्षेत्रमा एमाले एक्लैको पनि राम्रै पकड देखिएको छ । स्थानीय तहको यो मतपरिणामलाई विश्लेषण गर्ने हो भने अध्यक्ष ओलीको सम्भावना बलियो देखिन्छ । यो क्षेत्र भित्र पर्ने वडामा एमालेका वडा अध्यक्ष ल्याएको मत कुल २६ हजार २३२ छ ।

 

त्यस्तै कांग्रेसले १८ हजार ६०३ मत ल्याएको देखिन्छ । तेस्रो रहेको माओवादी केन्द्रले भने ११ हजार ५८८ मत प्राप्त गरेको छ । चौथो रहेको राप्रपाको ८ हजार ९७० मत छ । समग्रमा वडा अध्यक्षको भोटले के देखाउँछ भने एमाले एक्लैको ५ वटै क्षेत्रमा सबैभन्दा धेरै भोट छ । एमाले–माओवादी गठबन्धन एकतर्फ र कांग्रेस–राप्रपा गठबन्धन बन्दा क्षेत्र नं ३ मा कांग्रेस र राप्रपाको भोट बढी छ भने अन्य ४ क्षेत्रमा वाम गठबन्धनकै मत बढी छ ।

 

त्यस्तै ओलीले पछिल्लो समय पाएको लोकप्रियता र कमजोर प्रतिस्पर्धीका कारण पनि ओलीको जित निश्चितजस्तै छ ।



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।