Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलचर्च ब्वाईज पहिलो सिजनमै बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

चर्च ब्वाईज पहिलो सिजनमै बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन


काठमाडौँ। चर्च ब्वाईज युनाइटेडले पहिलो सिजनमै शहिद सम्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। मंगलबार दशरथ रंगशालामा भएको २५ औं चरणको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइजले उपाधि पक्का गरेको हो।

डवल राउण्ड रोविन प्रणालीमा सञ्चालित लिगमा चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ। २ खेल खेल्न बाँकी मछिन्द्रको जम्मा ३९ अंक रहेको छ। मछिन्द्रले बाँकी दुई खेल जितेमा र चर्च ब्वाइजले लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबसँग पराजित भए पनि उपाधि पक्का गरेको हो। किनकी चर्च ब्वाइज ‘हेड टू हेड’मा मछिन्द्रभन्दा अगाडि रहेको छ।

लिगमा २५ खेल खेल्दा चर्च ब्वाइजले १२ जित, ८ बराबरी र ४ हार नतिजा निकालेको हो।

चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारको २९ अंक भएको छ र उ पुछारबाट तेस्रो स्थानमा छ।

चर्च बोइजले ‘सी’ डिभिजन छनोटदेखि ‘ए’ डिभिजनसम्म विजेता बनेको हो। यसअघि मनाङ मस्र्याङ्दी क्लबले पनि यस्तै इतिहास बनाएको थियो। मनाङले २०३९ देखि २०४३ सालसम्म डी, सी, बी र ए डिभिजन च्याम्पियन बनेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT