अब ट्राफिक प्रहरीले फेसबुक, ट्वीटरमा आएका उजुरी अध्ययन गरी कारबाही गर्ने

फार्इल तस्विर

काठमाडौँ, २४ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत नागरिकले पठाएका उजुरीलाई अध्ययन गरी कारबाही थालेको छ ।

 

ट्राफिक प्रहरीको मोबाइल एप्स, फेसबुक, ट्विटर, भाइबर लगायत सामजिक सञ्जालमार्फत सर्वसाधारणले गरेको गुनासो र उजुरीलाई अध्ययन गरी कारबाही थालिएको हो ।

 

लेन अनुशासन पालना नगर्ने, सडकमा जथाभाबी रुपमा सवारी पार्किङ गर्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने निजी तथा सरकारी साधनको तस्बिर खिंचेर ट्राफिक प्रहरीको सामाजिक सञ्जालमा पठाउनेबित्तिकै महाशाखाले उक्त सवारीधनीलाई बोलाएर आवश्यक सोधपुछ गरी कारबाही गर्ने गरेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

 

उनले भने–“दैनिक दुई दर्जनभन्दा बढी उजुरी महाशाखामा आउने गरेका छन् तीमध्ये आवश्यक अध्ययन गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरेका छौँ ।” उनले दैनिक पाँचदेखि सात वटा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीधनीमाथि कारबाही गरिएको बताए ।

 

महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई एक हजार जरिवाना गर्दै आएको छ । रासस



Your Comment

थप समाचार

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 12 minutes ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 48 minutes ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक

बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित

  • 1 hour ago
बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित

परिषदको हालै सम्पन्न निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको हो । 


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।