ठेकेदारलार्इ कारबाही गर्दा एलडिअाेकाे सरूवा

कावासोती, पुस २४ । नवलपरासीका खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी बिक्री–वितरण गर्ने स्मृति निर्माण कम्पनीमाथि  कारवाही  अगाडि बढाएपछि स्थानीय विकास अधिकारी (एलडिअाे) जीवलाल भुसाललाई काजमा अन्यत्र सरुवा गरिएको छ ।

 

जिल्ला अनुगमन समितिले तीन साताअघि केरुङ्गे खोलामा नदीजन्य सामग्री सङ्कलन गरी ओसारपसार गरिरहेको अवस्थामा २७ टिपरसहित ३० सवारीसाधन पक्राउ गरेर ६५ लाख रूपैयाँ जरिवाना तोकेको थियो । स्मृति निर्माण कम्पनी नवलपरासीको नाममा जरिवाना तोकेपछि १६ टिपरले रु ३५ लाख राजस्व बुझाएर छुटेका थिए भने अन्य टिपर कावासोतीस्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

 

सवारीसाधन पक्राउसँगै अधिकारी भुसालले केरुङ्गे खोलामा सङ्कलन गरिराखेका करिब ३० करोड रूपैयाँ बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम प्रक्रिया अघि बढापछि कारोबारमा संलग्न व्यवसायीले  केही नेताको सहयोगमा उनको सरुवा गराउन पहल गरेका थिए । गत  शुक्रबार स्थानीय विकास मन्त्रालयले धादिङ जिविसमा उनलाई काजमा पठाएको र  सो ठाउँमा पञ्जीकरण विभागका उपसचिव युवराज कट्टेललाई पठाएको छ । अधिकारी भुसाल मङ्सिरको अन्तिम साता बाँके जिविसबाट सरुवा भएर नवलपरासी आएका थिए ।

 

यसैगरी योजना तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीलाई मन्त्रालय काज सरुवा गरिएको र पन्थीको स्थानमा स्थानीय विकास मन्त्रालयका यज्ञ पुरीलाई पठाइएको सम्बद्ध  कर्मचारीले बताएका छन् ।

 

जिल्लामा सरुवा भएर आउने बित्तिकै आफूले राजस्व सङ्कलनलाई पहिलो र विकासका गतिविधिलाई दोस्रो प्राथमिकतामा राखेर मिसन चलाएपछि सीमित लाभको पछाडि लाग्ने केही नेता र व्यवसायीको असहयोगले सरुवा भएको अधिकारी भुषालको भनाइ छ ।

 

अधिकारी भुसालको सरुवा भए जिविस परिषद्को आर्थिक वर्ष २०७४/७५ का लागि सञ्चालन गर्ने योजना र कार्यक्रमसमेत प्रभावित हुने भन्दै संयुक्त मधेसी मोर्चा नवलपरासीले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो ।

 

अवैध रुपले प्रयोगमा ल्याइएका सामग्री जफत गर्ने प्रतिबद्धता नजनाएसम्म जिविसमा तालाबन्दी गरेर नयाँ अधिकारीलाई  हाजिर हुन नदिने मोर्चाले चेतावनी दिँदै आएको छ । ती अधिकारीको सरुवाले स्थानीय विकासको पारदर्शितामाथि नै प्रश्न उठ्ने काम सरकारले गरेको दल यहाँका राजनीतिक दलको आरोप छ । रासस



    Your Comment

    थप समाचार

    दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

    • 41 minutes ago
    दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

    सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । 

    अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

    • 48 minutes ago
    अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि छलफल भएको

    २२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

    • 2 hours ago
    २२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

    एजेन्सी । अन्ततः आर्सिनी वेङ्गरको २२ वर्ष लामो आर्सनल बसाई यसै सिजनबाट अन्त्य हुने भएको छ । सन् १९९६ देखि निरन्तर रुपमा आर्सनलको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वेङ्गर आर्सनलको व्यस्थापक भएपछि १


    Loading...
    The British College

    भिडियो

    hamropatro

    जीवनशैली

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

    विचित्र विश्व

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।