त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

  • शनिबार, ७ असोज, २०७४
  • 3 months ago
  • नेपाल

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

 

पानीको निकास नहुँदा त्रिवेणीमा सधैँ समस्यामा परेको र विकल्पका लागि धेरै पटक माग गरिए पनि सुनुवाइ नभएको सरोकार भएकाहरु बताउँछन् ।


त्रिवेणीमा चुरे पहाडबाट बगेर आउने पानीको निकास नभएका कारण त्रिवेणी क्षेत्रका करिब दुई हजार घरधुरी वर्षेनी प्रत्यक्ष रुपमा मारमा पर्दै आइरहेका छन् ।

 

गण्डक सम्झौतानुरुप निर्मित नेपाली नहर तथा भारतीय गण्डक नहरका कारणले पानीको निकास बन्द भएका कारण यहाँका बासिन्दा वर्षौंदेखि मारमा पर्दै आएको त्रिवेणीका प्रेमचन्द्र रौनियारले बताए ।


प्रत्येक वर्ष बाढी आउँदा महाभारत चुरे पहाडबाट आउने बाढी घरको आँगनको बाटो हुँदै बग्ने गरेको छ ।


खोला पीडितले त्रिवेणी क्षेत्रमा १० वर्षभित्र विपद् सुरक्षित समुदाय निर्माण तथा त्रिवेणी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउन आवश्यक कदम चालेका छन् ।

 

सोका लागि सम्पूर्ण पूर्वाधार निर्माणका लागि दशवर्षीय गुरुयोजना बनाएर जिल्ला समन्वय समिति, राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालयमा समेत पेश भइसकेको छ, यद्यपि कार्यान्वयन भने भएको छैन ।


जिल्लाकै धार्मिकस्थल रहेको त्रिवेणी क्षेत्रमा पूर्वाधार योजना पूरा गरी खोलाको पानीको निकासका लागि आवश्यकतानुसार पुल र नाला बनाउनुपर्ने माग स्थानीयवासीको छ ।



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 6 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 7 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 9 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।