Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थज्याकलिन फर्नान्डेज नेपाल आउँदै

ज्याकलिन फर्नान्डेज नेपाल आउँदै


काठ्माडौँ। हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ । हिजो दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने खवर सार्वजनिक गरेको हो ।

आरबीले ३० मार्चमा आफ्नो २७औं वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ । जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछन । सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन। कार्यक्रम यहीँ मार्च ३० गते हुनेछ जसको शो ओपनरको रुपमा भने किम गुडबर्न आउने भएका छन् । हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्नेछ। उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरु प्रस्तुत गर्नेछन् ।

कार्यक्रमका लागी आफु हर्षित रहेको ज्याकलिनले बताएकी छन् । उनले हिजो कार्यक्रममै एक भिडियो सन्देशमार्फत आफु कार्यक्रमको लागी आतुर रहेको बताएकी हुन् । किमले पनि भिडिओ सन्देश मार्फतै कार्यक्रमको लागी आफु तयार भएको खवर पठाएका थिए जुन कार्यक्रमको बिचमा देखाईएको थियो ।

ज्याकलिन आउने खवरसहित आरबी डायमण्डले हिजो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । आरबीको जरा समेट्ने यो लोगो पहिलाको भन्दा केही फरक र युनिक छ । आरबीको पहिलाको लोगो गोलाकार आकारको थियो। हिरामा गोलाकार आकारको जराजस्तै देखिने रेखाहरू आरबीका दिवंगत संस्थापक रमेश महर्जनको पृष्ठभूमिको एक प्रतीक हो जसले एक सामान्य किसानबाट हीराको दुनिँया र उत्कृष्टतामा उनले गरेको मेहेनतलाई झल्काउँथ्यो । अहिलेको लोगोले भने आरबी डायमण्डको मेहेनत र लगनशीलता, सुन्दरता र गहिरो जरा रहेको सम्पदाप्रतिको प्रतिबद्धता झल्काउँछ। परम्परा र आधुनिकताको मिश्रणसहितको लोगोको जटिल डिजाइनले ब्रान्डको समृद्ध इतिहास र भविष्यको लागि यसको दर्शनलाई समेट्छ ।

नयाँ लोगोसँगै आरबीले हिजै आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको पनि घोषणा गरेको छ । नयाँ ब्रान्ड एम्बेसडरमा आरबीले चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगका प्रमुख व्यक्तित्व रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।

हिजो आयोजित कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएकोमा आरबी डायमण्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जन खुसी छन् । उनी भन्छन,‘हामी हाम्रो नयाँ लोगो सार्वजनिक गर्न पाउँदा श्री रेहान श्रेष्ठलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गर्न पाउँदा र हाम्रो २७ औं वार्षिकोत्सवलाई यस्तो रोमाञ्चक कार्यक्रमका साथ मनाउन पाउँदा हर्षित छौँ ।’

आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा–प्रेरित डिजाइनका लागि प्रख्यात आरबी डायमण्ड ज्वेलर्स सन १९९७ बाट सञ्चालनमा आएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

Techie IT