होस गर्नुहोस ! ट्रम्प, पुटिन र किम जोङ मिलेर तपाईलाई तर्साउलान्

के तपाईले लान्डन मेयरलाई सम्झिनुभएको छ, डेनभरका कलाकार जसले आफ्नो कम्पनी हाइपर फ्लेसको लागि मकुण्डोहरु बनाउने गर्छन् ?


गत वर्ष उनले हाम्रो सपनामा तर्साए जब उनले पहिलोपटक राष्ट्रपतिय निर्वाचनको लागि लडिरहेका ट्रम्प, हिलारी र बर्नीका तीन अतिनै यर्थाथवादी मकुण्डोहरु मोन्सटरपालुजा सम्मेलनमा सार्वजनिक गरेका थिए ।


यो वर्ष फेरि उनी तीनवटै नयाँ मकुण्डोहरु लिएर आएका छन् । हो, यो वर्षको लागि मेयरको सिर्जनामा विश्वका सबैभन्दा शक्तिशाली तीन व्यक्तिहरु रहेका छन्ः डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र किम जोङ उन ।

 


‘यो अहिलेको राजनीतिक क्षेत्रको हो । मलाई लाग्छ यी सबै समान विचारधारा भएका मानिस हुन् । उनीहरु सबै अहंकारी मानिस हुन् जो आफ्नो शक्ति प्राप्त गर्नको लागि केही पनि गर्नबाट पछि हट्दैनन् । त्यसैले मलाइ लाग्यो यी तीनलाई एकैठाँउमा राख्दा मजा आउँछ ।’ मायरले आफ्नो सिर्जनाको बारेमा बताए ।


मेयरले पहिले बनाए देखि अहिलेसम्म ट्रम्पको छ वटा मास्कहरु बेचिसकेका छन् । उनले भने ‘अहिले उनले राष्ट्रपतिको अनुहार दुरुस्तै बनाउन सफल भएको छु र मैले थाहा पाए उनको कपाल अलि लामो भएको रैछ । त्यतिबेला उनी क्यालिफोर्निया सर्फर जस्तो देखिएका थिए ।’


उनले बनाएकाे अर्को मखुन्डो यस्तो छ जसले अमेरिकी राष्ट्रपतिय निर्वाचनलाई नै प्रभावित बनाएको आरोप लागेका पुटिनको कुटिल मुस्कानलाई दुरुस्तै उतारेको छ ।


त्यसैगरि अर्काे मास्कमा भने उत्तर कोरियाली नेता आफ्नो ट्रेडमार्क हेयरस्टाइल र दाँतको कारणले डरलाग्दो देखिएका छन् ।


मेयरले आफ्नो नयाँ सिर्जनाहरु क्यालिफोर्नियाको पासाडेनामा अप्रिल ७ देखि ९ सम्म आयोजित मोन्सटरपालुजामा सार्वजनिक गरेका छन् ।

 

‘यो वर्ष मैले दुईजना बच्चाहरुलाई ट्रम्प र किमको रुपमा अभिनय गर्न लगाँए’ उनले भने जो आफै भने पुटिन जस्तो बनेका थिए । त्यो धेरै नै राम्रो भयो मेयरले भने ‘धेरै मानिसहरु खुसीले पागल नै भएका थिए ।’


सम्मेलनमा तीनै जनाको मकुण्डो लगाएर नाचिरहेको फेसबुकको लाइभ भिडियो अहिले सुपर भाइरल भएको छ जसलाई ६ करोड २० लाखले हेरिसकेका छन् ।


तर, सम्भावित ग्राहकहरुले थाहा पाउनुपर्ने कुरा के हो भने मायरको यी मकुण्डोहरु तपाईको हलोविन मास्क हुन सक्दैनन् किनकी मेयरले बनाएका यो मास्क एउटाको चार हजार पाँच सय डलर जति पर्छ । किनकी यसको लागि मायरलाई कुँद्न, सिलिकन कास्टिङ, पेन्ट र हेयर वर्क गर्नको लागि हप्तौं लाग्छ ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 1 hour ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 1 hour ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 1 hour ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।