ट्रम्पसँग किन रिसायो दक्षिण कोरिया ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विवादबीच गहिरो सम्बन्ध रहि आएको छ । ट्रम्पका कुनैपनि अभिव्यक्ती र कदम विवाद मुक्त नरहेका कारण ट्रम्प र विवादलाई एक अर्काको पर्यायका रुपमा चित्रित गरिंदै आएको छ ।

 

पछिल्लो समय उत्तर कोरियासँगको विवादका कारण ट्रम्प चर्चामा छन् । उनले उत्तरका गतिविधिलाई अमेरिकाको सहनशीलताभन्दा माथी भनेर टिप्पणी गरेपछि यी दुई देशबीचको विवाद चुलिएको हो । त्यसो त अमेरिकाले दक्षिण कोरियासँग मिलेर उत्तर कोरियाको तटीय क्षेत्रमा सिमा परिचालन गरेपछि पनि यी दुई देशबीचको विवाद उत्कर्शमा पुगेको थियो ।

 

उत्तरसँगको विवाद सामना गर्न अमेरिकाले सामाजिक, सांस्कृतिक समानता रहेको दक्षिण कोरियाको साथ लिंदै आएको थियो । तर अब दक्षिण कोरियापनि अमेरिकासँग रुष्ट बनेको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तवार्ताका क्रममा दक्षिण कोरियालाई चीनको एक भाग रहेको बताएपछि अमेरिका र दक्षिण कोरियाबीच विवाद बढेको हो ।

 

ट्रम्पले वाल स्ट्रिट सँगको अन्तवार्ताका क्रममा कोरिया कुनैबेला चीनको अधिनमा रहेको बताएपछि दीषण कोरिया ट्रम्पसँग रुष्ट बनेको अन्तराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् । 

 

अन्तवार्ताका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिङ पिङसँगको भेटका बारेमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सि ले चीन र कोरियाको सम्बन्धका बारेमा कुरा गरे । कोरिया कुनैबोला चीनको भुभाग थियो । १० मनिेट यो कुरा सुनेपछि मलाई लाग्यो कि यो सहज छैन ।’

 

ट्रम्पको यो अभिव्यक्तीपछि दक्षिणले यसको विरोध जनाएको छ भने ट्रम्पको जवाफ माग गरेको छ ।

 

यद्यपी दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले ट्रम्पको यो अभिव्यक्ती टिप्पणी लायक नरहेको भन्दै आलोचना पनि गरेको छ ।

 

तर दक्षिणले यो अभिव्यक्तीको सत्यताबारे भने जान्ने बताएको छ ।

याे पनि पढ्नुहाेस्ः
चलचित्र जालोको ट्रेलरमाथि रसियन आक्रमण, कमेन्टमा पुटिनको चर्चा (भिडियाेसहित)



    Your Comment

    थप समाचार

    दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

    • 1 hour ago
    दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

    सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । 

    अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

    • 1 hour ago
    अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि छलफल भएको

    २२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

    • 2 hours ago
    २२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

    एजेन्सी । अन्ततः आर्सिनी वेङ्गरको २२ वर्ष लामो आर्सनल बसाई यसै सिजनबाट अन्त्य हुने भएको छ । सन् १९९६ देखि निरन्तर रुपमा आर्सनलको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वेङ्गर आर्सनलको व्यस्थापक भएपछि १


    Loading...
    The British College

    भिडियो

    hamropatro

    जीवनशैली

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

    विचित्र विश्व

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।