ट्रम्पको आइक्यु स्तर कति ?

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रायः आफ्नो आइक्यु स्तरका बारेमा कुरा गर्छन् । हालै ट्रम्पले भनेका थिए– उनको आइक्यु स्तर विदेशमन्त्री रेक्स टिलरसनको भन्दा बढी छ ।

 

यसअघि पनि ट्रम्पले धेरैपटक आफ्नो आइक्युबारे बोलेका थिए । सन् ०१३ मा उनले ट्विट गरेर आफ्नो आइक्युस्तर बाराक ओवामा र जर्ज डब्लु बुसको भन्दा ज्यादा भएको बताएका थिए ।

 

आइक्यु, जसलाई बौद्धिक क्षमता जाँच्ने एक प्रकारको आँकडा मानिन्छ, जसको माध्यमबाट कुन व्यक्ति कति बुद्धिमानी छ भनेर पत्ता लगाइन्छ । आइक्यु स्तर जाँच गर्ने कुनै निश्चित परीक्षण छैन । संसारको सबैभन्दा ठूलो र पुरानो आइक्यु सोसाइटी ‘मेनसा’ले यसका लागि दुई सयभन्दा बढी परीक्षण लिन्छ । कुनै परीक्षण एक घन्टाको हुन्छ भने केहीको समयसीमा नै हुँदैन ।

 

अमेरिकन मेनसाका मनोवैज्ञानिक डा। फ्रैंक लाँसिसका अनुसार सामान्यतया बुद्धि परीक्षणमा स्थान आधारित, मात्रात्मक र मौखिक कौशललाई नमुनाको रूपमा लिइन्छ । स्थान आधारित, सीप र मापन सम्बन्धित प्रश्न सोधिन्छ । मात्रात्मक कौशलमा गणितका प्रश्न र मौखिक कौशलका लागि शब्दसँग सम्बन्धित प्रश्न सोधिन्छ । मेनसाले तिनै व्यक्तिहरूको नतिजालाई स्वीकार गर्दछ, जो शीर्ष दुई प्रतिशत अंक पाउँछन् । बढीमा यो आइक्युको स्तर १३० सम्म बन्छ ।

 

सबैभन्दा बुद्धिमान राष्ट्रपति

 

भर्जिनिया विश्वविद्यालयका प्रेसिडेन्सियल स्टडिजका निर्देशक डा। बारबरा ए पैरीका अनुसार अहिलेसम्म राष्ट्रपतिहरूको आइक्यु स्तरको सूची बनाएको छैन । यद्यपि राष्ट्रपतिहरूको आइक्यु स्तर सूची बनाउन उनको विश्वविद्यालयबाट ‘फी बेटा काप्पा‘को सूची लिन सकिने बताउँछिन् ।

 

फी बेटा काप्पाको सुरुवात १७७६ मा भएको थियो । पूरै अमेरिकाको २८६ टप कलेजबाट लिबरल आर्टस् र विज्ञान विषयमा ग्रेजुएट विद्यार्थीलाई यो सम्मान दिने गरिन्छ । अमेरिकाको ४४औँ राष्ट्रपतिहरूमध्ये १७ राष्ट्रपति फी बेटा काप्पाको सदस्य छन्, जसमा बिल क्लिन्टन, जर्ज डब्लु बुस र जिमी कार्टर पनि सामेल छन् । यसबाहेक सन् २००६ मा क्यालिफोर्निया विश्वविद्यालयले अनुमान गरेको थियो कि जोन क्विन्की एडम्स सबैभन्दा बुद्धिमान राष्ट्रपति हुन् ।

 

ट्रम्पको आइक्यु स्तर कति ?

 

डाक्टर पैरी भन्छिन्, ‘मलाई लाग्छ राष्ट्रपति ट्रम्पको आइक्यु स्तर जारी गरेमा सायद अनुमान गरेकोभन्दा बढी निस्किन्छ ।’ उनी भन्छिन्, ‘मानिसहरू प्रायः ट्रम्पलाई बेबकुफ र पागल भन्छन्, तर म बाजी लगाउन सक्छु कि उनको आइक्यु स्तर हामीले अनुमान गरेकोभन्दा पनि धेरै हुनेछ ।’

 

 

प्रिन्सटन विश्वविद्यालयमा पोलिटिक्स एमेरिटस प्रोफेसर फ्रेड आई ग्रिनस्टिनले राष्ट्रपतिहरूको क्षमता जाँच्न ६ गुणहरूको सूची बनाएका छन् । यो सूचीमा जनतासँगको सम्बन्ध, संगठन बनाउने क्षमता, राजनीतिक कौशल, दूरदृष्टि, संज्ञानात्मक शैली र भावनात्मक बुद्धिमत्ता सामेल छ ।

 

अन्तमा प्रश्न उठ्छ कि राष्ट्रपति ट्रम्पको आइक्यु स्तर माथि छ कि तल रु यो प्रश्नको जवाफमा डाक्टर लाँलिस भन्छन्, ‘यदि हामी कसैलाई आइन्सटाइनजस्तो सम्झिन्छौंँ, तर कैयौँपटक ऊ मेनसाको परीक्षणमा राम्रो नतिजा दिन सक्दैन ।’

 

जेहोस् छिट्टै आममानिसलाई ट्रम्पको वास्तविक आइक्यु स्तर पत्ता लागोस् भनेर मेनसाले डोनाल्ड ट्रम्प र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन दुवैलाई आइक्यु लभेल जाँच गर्न निम्तो दिएको छ । नयाँपत्रिकामा खबर छ ।



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 6 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 7 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 9 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।