अब तुलसीपुर बजारमा पनि हर्न बजाउन नपाइने, गाडीमा सामान लोडअनलोड गर्न पनि समयसीमा तोकियो

  • आइतबार, १ साउन, २०७४
  • 6 months ago
  • नेपाल

दाङ, साउन १ । तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिने भएको छ । बजारक्षेत्र रहेको तुलसीपुर— ५ को आइतबार (आज) सम्पन्न सर्वपक्षीय छलफलले बजारक्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

 

सवारी साधनका हर्नले बजारलाई कोलाहल बनाएको भन्दै ध्वनी प्रदुषण न्युनीकरणका लागि हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको वडाध्यक्ष विरेन्द्र शाहले जानकारी दिए । साउन ११ गतेदेखि लागू हुने गरी बजारक्षेत्रमा हर्न बजाउन नपाउने निर्णय गरिएको शाहको भनाई छ ।

 

तुलसीपुर बजार क्षेत्रमा स्थापित उद्योगी, व्यवसायी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, नागरिक समाज, पत्रकारको सहभागीतामा भएको छलफलले मोटरसाईकल र अटो रिक्सा पार्किङको व्यवस्थापन गर्ने पनि निर्णय गरेको हो ।

 

यस्तै छलफलले बजारक्षेत्रमा अफिस समयमा हुने सवारी आवगनलाई व्यवस्थित गर्न बजारक्षेत्रमा साउन ११ गतेदेखि विहान ९ बजेदेखि ११ बजेसम्म गाडीमा समान लोडअनलोड गर्न नपाउने निर्णय गरेको छ ।



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 6 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।