उडिरहेको विमानमा युवतीले बच्चा जन्माएपछि...

४२ हजार फिटको उचाइमा उडिरहेको टर्किश एयरलाइन्सको एक फ्लाइटमा एक महिलाले बच्चालाई जन्मदिएकी छिन् ।


गिनियाको राजधानी कोनाक्रीबाट उडेको विमानमा नाफी डिएबी नामकी महिलाले छोरीलाई जन्म दिएकी हुन् जसको नामका दिजु राखिएको छ ।


बिबिसीकाअनुसार टर्किश एयरको बोइङ ७३७ विमानका कर्मचारी र यात्रुहरुले तिमहिलालाई बच्चा जन्माउनको लागि सहयोग गरेका थिए ।


सञ्चारमाध्यमकाअनुसार ती महिला २८ हप्ताको गर्भवती थिइन् । केही एयरलाइन्सको भने यस्तो अवस्थाको गर्भवतीको लागि यात्रा गर्नको लागि डाक्टरको पुर्जी अनिवार्य चाहिने नियम राखेका हुन्छन् ।
तर, सामान्यतया ३६ हप्तासम्मका गर्भवतीलाई विमानमा यात्रा गर्न अनुमति दिने गरिएको पाइन्छ ।


टर्किश एयरलाइन्सले अप्रिल ७ मा जन्मिएको बच्चाको तस्वीर समेत सामाजिक सञ्जालमा पोस्ट गरेको छ र आफ्नो आत्मविश्वासी क्याविन क्रुको प्रशंसा गरेको छ ।


बुर्किनाफासोमा विमान अवतरण गरेपछि आमा र बच्चालाई हस्पिटल लगिएको थियो र अस्पतालले उनीहरु स्वस्थ रहेको बताएको थियो ।


सानीका दिजुले आफ्नो जीवनभर टर्किश एयरको विमानमा यात्रा गर्दा सितैमा यात्रा गर्न पाउने एयरलाइन्सले जनाएको छ ।



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 13 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 14 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 15 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।