बेलायतको इमिग्रेसन थप कडा गर्ने सत्तारुढ कन्जर्भेटिभको योजना, के छ घोषणापत्रमा ?

  • शुक्रबार, ५ जेष्ठ, २०७४
  • 11 months ago
  • युके
चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीकी नेता तथा प्रधानमन्त्री टेरेसा मे

लण्डन । बेलायतको सत्तारुढ कन्जर्भेटिभ पार्टीले चुनावी घोषणापत्रमा इमिग्रेसनमा थप कडाईको योजना ल्याएको छ ।

 

कन्जर्भेटिभको घोषणापत्रमा प्रस्तावित नीतिले थप हजारौ बेलायतीलाई आफ्नो परिवारबाट अलग बनाउनेछ ।

 

एक बेलायती नागरिकले गैर युरोपेली मुलुकबाट आफ्नो जीवनसाथी ( श्रीमान / श्रीमति ) बेलायत ल्याउनका लागि अहिले कायम १८ हजार ६ सय पाउण्ड वार्षिक आम्दानीको थ्रेस होल्ड बढाउने योजना कन्जर्भेटिभले अघि सारेको छ ।

 

सो थ्रेसहोल्ड बढाउने भनिएपनि कति पुर्याउने भन्नेमा भने घोषणापत्र मौन छ ।


यसअघिकै थ्रेसहोल्डका कारण पनि हजारौंको परिवार अलग भएको , हजारौ बालबालिका आफ्ना बाबुआमा बाट टाढा हुन बाध्य भएको भन्दै त्यसको विरोध हुदै आएको थियो ।

 

विपक्षी लेबर पार्टीले पनि आम्दानी थोरै भएकै आधारमा कसैको परिवार अलग गर्न नमिल्ने भन्दै थ्रेसहोल्डको व्यवस्था खारेज हुनुपर्ने बताउंदै आएको छ ।

 

त्यस्तै , गैर युरोपेली मुलुकबाट अध्ययनको लागि बेलायत आउने विधार्थीको हकमा पनि थप कडाइको योजना कन्जर्भेटिभले बनाएको छ ।


भिसा सिस्टममा थप कडाई गर्ने र पढाई सकिएपछि पनि बेलायतमा बसेर काम गर्नको लागि दायरा थप साँघुरो बनाउने उसको योजना छ ।


आप्रवासीहरुको संख्यालाई लाखबाट कम गर्ने प्रधानमन्त्री टेरेसा मेको यसअघिकै लक्ष्यलाई केन्द्रमा राखेर कन्जर्भेटिभले नयाँ चुनावी घोषणापत्र बनाएको छ ।



    Your Comment

    थप समाचार

    कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

    • 6 hours ago
    कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

    निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

    नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

    • 7 hours ago
    नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

    मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

    महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

    • 8 hours ago
    महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

    कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


    Loading...
    The British College

    भिडियो

    hamropatro

    जीवनशैली

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

    विचित्र विश्व

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।