५० वर्ष बेलायतमै बसेर पनि डिपोर्ट हुन लागेकी बृद्धालाई अन्तत: मिल्यो सेटलमेन्ट

  • शुक्रबार, २८ पुष, २०७४
  • 1 week ago
  • युके
६१ वर्षीया पलेट विल्सनले अन्तत: बेलायतको सेटलमेन्ट पाएकी छिन् ( तस्बिर स्रोत : गार्डियन )

लण्डन । बेलायतमा ५० वर्षभन्दा बढि बसेर पनि डिर्पोटेसनको मुखमै पुगेकी एक बृद्धाले अन्तत: बेलायतको आवासीय अधिकार प्राप्त गरेकी छन् ।


६१ वर्षीया पलेट विल्सनले आफुलाई देश निकाला गर्न खोज्ने बेलायत सरकारविरुद्धको मुद्धा जितेर बेलायतमा सेटलमेन्ट पाएकी हुन् ।

 

अफ्रिकी देश जमाइकामा जन्मिएर १० वर्षको उमेरमै बेलायत आएकी उनी त्यसयता आफ्नो मुलुक फर्किएकी थिइनन् । हाल जमाइकामा उनका कुनै पनि जिवित आफन्त छैनन् ।

 

पछिल्लो दुई वर्षभन्दा बढि समयदेखि उनले बेलायतमा न काम गर्ने अधिकार पाएकी छन् न त सरकारका तर्फबाट कुनै भत्ता वा सुविधा नै ।
गत अक्टोबर महिनामा एक साता इमिग्रेसन डिटेन्सन सेन्टरमा राखिएकी उनलाई पछि डिपोर्टेसनका लागि हिथ्रो विमानस्थसम्म पुर्याइएको थियो ।

 

जब उनलाई डिपोर्ट गर्न लागिएको समाचार विभिन्न मिडियामा सार्वजनिक भयो, तब उनका पक्षमा विभिन्न मानवअधिकारवादी तथा राजनीतिक दलका नेताहरुले आवाज उठाएका थिए ।

 

उनले यसै साता मात्रै बेलायतको आवासीय अधिकारसहितको बायोमेट्रिक कार्ड बुझेकी छिन् । उनलाई बेलायतको सेटलमेन्ट भिसा मिलेको छ र अब यहांको नागरिकता पाउनका लागि उनलाई निकै सहज बनेको छ ।

 

'पछिल्लो अढाई वर्षको समय मेरो लागि निकै कष्टकर बन्यो', पलेटले भनिन्, 'मेरो जिवनभर म बेलायतमै बसे, यहि काम गरे, कर पनि तिरे । तर मलाई सरकारले अवैधानिक घोषणा गरिदियो । म कसरी अवैधानिक भए भन्ने मैले बुझ्न सकेकी छैन ।'

 
'मैले कहिल्यै कुनै गल्ती गरेकी छैन, तर पनि म कसरी अवैधानिक बने ?' बेलायत सरकारले आफुमाथि गरेको अन्यायको लागि औपचारिक रुपमै माफी मागोस् भन्ने उनको चाहना छ ।

 

५० वर्षभन्दा लामो समयदेखि बेलायतमै बसेर पनि अझै गैरकानुनी हैसियतमा रहेका कैयौं रहेको बताइन्छ ।



    Your Comment

    थप समाचार

    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    • 6 minutes ago
    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

    मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    • 51 minutes ago
     मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध

    प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

    • 1 hour ago
    प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

    हेटौँडा, माघ ७ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिएका छन् ।   


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

    जीवनशैली

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

    विचित्र विश्व

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।