युकेका नेपाली : कसको भ्यालेन्टाइन डे कस्तो ?

लण्डन । फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । हामी नेपालीहरुको भाषामा प्रेमदिवस । यो दिनको महत्व र प्रभाव हाम्रो नेपाली समाजमा पनि वर्षैपिच्छे बढ्दै गएको महसुस सजिलै गर्न सकिन्छ । त्यसो त बेलायतमा रहेको नेपाली समुदायभित्र झन् यसको क्रेज अझ बढि हुने नै भयो । बेलायतमा विभिन्न क्षेत्रमा आबद्ध नेपालीहरुको भ्यालेन्टाइन डे कस्तो हुन्छ त भन्ने विषयमा केहि प्रतिनिधी पात्रहरु समेटेर एक सामग्री तयार पारेका छौं ।

 

बच्चुकैलाश कैनी, काउन्सिलर

 

भ्यालेन्टाइन डेका बारेमा मेरो सकारात्मक धारणा छ । यसलाई एउटा पर्वका रुपमा लिने गरेको छु मैले । अहिले त नेपालमा समेत भ्यालेन्टाइन डेको संस्कारलाई स्वीकार गरिसपकिएको अवस्था छ । माया देखाउने, दर्शाउने मामिलामा बेलायतीहरु त झन् अगाडि नै हुन्छन, त्यसैले पनि बेलायतमा बस्नेहरुको लागि यो पर्वले झनै बढि महत्व राख्छ जस्तो लाग्छ ।
भ्यालेन्टाइन डे मुख्यत प्रेमी प्रेमिका वा श्रीमान श्रीमतीहरुकै लागि विशेष दिन हो । एकआपसमा माया देखाउंदा, शुभकामना साटासाट गर्दा उनहिरुबीचको माया र सम्बन्ध थप सुदृढ बन्न सहयोग मिल्छ जस्तो लाग्छ ।

मैले मेरो श्रीमतीसँग नै भ्यालेन्टाइन डे मनाउने गरेको छु । सन् १९९१ मा हाम्रो विवाह हुने बेला नेपालमा यो दिनको खासै प्रभाव थिएन । तर केहि वर्षपछि भने यो चलन बिस्तार हुँदै गयो र हामीहरुले पनि यसलाई मनाउन थाल्यौं । भ्यालेन्टाइन डेको दिन एकआपसमा शुभकामना साटासाट गर्ने गर्छौं हामी । कहिलेकाहि कार्डहरु पनि आदान प्रदान गरेका छौं । जन्मदिन, एनिभर्सरीमा जस्तो खासै उपहार साटासाट भने हामीले भ्यालेन्टाइन डेमा गरेका छैनौं । फुर्सद मिलाउन सकेको बेला बाहिर घुम्न जाने, रेष्टुरेन्टमा खाना खाने पनि गरिन्छ । यसपटक भने बुधबार परेकाले काममै व्यस्त हुने कारण बाहिर जान नमिल्नेछ ।

 

भ्यालेन्टाइन डे मनाउने नाममा अनावश्यक तडकभडक गर्ने शैली मलाई नकारात्मक लाग्छ । सबभन्दा ठूलो कुरा सफा मनबाट शुभकामना आदानप्रदान गर्ने हो । बाँकी कुरा त अनुकुलताअनुसार गरेकै राम्रो जस्तो लाग्छ ।


यादव भण्डारी, व्यवसायी

 

मैले भ्यालेन्टाइन डेलाई एउटा पर्वको रुपमा लिने गरेको छु । यो माया, प्रेम, स्नेह बाँड्ने पर्वजस्तै लाग्छ मलाई । यो विशेष दिनमा आफ्नो प्रेमीसँग मात्र नभएर आफ्नो साथीभाइ, परिवार, आफन्तहरुसँग पनि माया बाँड्न सकिन्छ जस्तो लाग्छ ।

 

मेरो विवाह भएदेखि नै हरेक वर्ष मैले मेरो श्रीमतिसंग भ्यालेन्टाइन डे मनाउँदै आएको छु । भ्यालेन्टाइन डेका लागि मैले विशेषत उनलाई मनपर्ने कुनै उपहार दिने गरेको छु । यसपटक पनि कुनै उपहार किनेर उनलाई गिफ्ट गर्ने मेरो योजना छ । त्यस्तै, समय मिलाएर बाहिर घुम्न जाने, सपिङ गर्ने आदि पनि गर्छौं हामी भ्यालेन्टाइनमा ।

मेरो विवाह हुनुभन्दा अघि जब म युनिभर्सिटीमा अध्ययनरत थिएँ, त्यसबेला पनि हामी साथीभाइहरुमाझ नै भ्यालेन्टाइन डे मनाउने गथ्र्याैं । एकपटक भ्यालेन्टाइन डेको दिन कुनै नामबिनाको कार्ड आयो मलाई । सुरुमा त कसले पठायो होला भन्ने खुबै कौतुहलता भयो, तर पछि थाहा भयो कि मेरै साथीहरुले रमाइलोको लागि पठाएका रहेछन् ।

 

एकजना रेष्टुरेन्ट व्यवसायीका रुपमा समेत मेरो लागि भ्यालेन्टाइन डेले विशेष महत्व राख्छ । यो दिनमा हामीले रेष्टुरेन्टको विशेष सजावट गर्नेदेखि, रोमान्टिक संगीत बजाउने, सबै स्टाफले भ्यालेन्टाइन विशेष ड्रेस लगाउने, खानामा समेत भ्यालेन्टाइन स्पेसल मेन्यू बनाउने आदि गर्छौं ।

 

हुन त हाम्रो नयाँ पुस्ताका तन्नेरीहरु भ्यालेन्टाइन डे मनाउने क्रममा कतै बढि उत्ताउलो हुने गरेका पो हुन् कि भन्ने पनि लाग्छ कहिलेकाहिं । तर माया बाँड्ने, देखाउने यो पवित्र अवसर हाम्रो समाजका लागि उत्तिकै महत्वपूर्ण छ जस्तो लाग्छ । मात्र यो अवसरको दुरुपयोग होइन, सदुपयोग गर्न जरुरी छ ।

 

फडिन्द्र भट्टराई, पत्रकार तथा कवि

 

भ्यालेन्टाइन डे मनाउने कुनै खास कार्यक्रम सधै जस्तो यसपालि पनि छैन । वास्तवमा प्रेम एकल दिवसीय रुपमा मनाउने कुरामा हामीहरुमा त्यस्तो कुनै उत्साह छैन । कसैको जीवनमा परिवार र परिवारमा निशर्त प्रेम खासमा सुखानुभूतिको अधार हो । यस अर्थमा हामी वर्षैभर प्रेमिल छौ । त्यो प्रेम छोराछोरी र परिवारका अन्य सदस्यको हकमा पनि लागू हुन्छ ।

यसो भन्दैमा मनाउनु नै हँुदैन भन्ने पनि छैन । आमाको र बुवाको मुख हेर्ने जस्ता दिनहरुले महत्व राखे जस्तो जीवनसंगी र संगीनीको लागि विशेष बन्दै गएको यो दिन पनि सन्तुलित तवरले सम्झनायोग्य बनाउनु कुनै नराम्रो भने होइन । हालैका दिनमा प्रेम दिवस मनाउने एउटा सामाजिक दबाव जस्तो देखिन पनि थालेको छ जसलाई कतिपयले एउटा विकृतिकै रुपमा पनि चित्रण गरेको पाइन्छ । यो आ–आफ्नो नितान्त व्यक्तिगत विचारको कुरा हो । सेन्ट भ्यालेन्टाइन सँगैको सन्दर्भमा संस्कृतिगत कुरा पनि जोडिन आउंछ जुन पूर्वीय भन्दा पाश्चात्य जगतसँग बढी सम्बन्ध राख्छ ।

 

हाम्रोमा यो दिन कुनै खास बिशेष दिनको रुपमा नभएर सामान्य दैनिकी जस्तै गरेर बित्छ । आफू वरपरको रंगीन वातावरणले सामान्य असर नछोड्ने भने होइन । सामन्यतया श्रीमतीसँग शुभकामना आदानप्रदान गर्ने, बालबच्चाहरुसंगै घरमै बस्ने, संगै खाना खाने आदि बाहेक विशेष अरु केही हुंदैन ।

 

प्रेमलाई देखाउने वा अभिव्यक्त गर्ने कार्यलाई नकारात्मक रुपमा लिनुहुंदैन । तर वर्षमा एक दिन मात्रै प्रेम साटासाट गर्ने विशेष दिन भन्ने हुनुहुंदैन । सम्भव भएसम्म सधै सबैसंग प्रेम साटासाट हुनुपर्छ । आफ्नो जोडीसंग मात्र होइन, परिवार, आफन्त, साथीभाइ र ईष्टमित्रहरुसंग पनि प्रेम बाँड्न कुनै कञ्जुस्याईं गर्नुहुँदैन ।

 

ममता गुरुङ, गायिका

 

भ्यालेन्टाइन डेलाई मानिसहरुले प्रेम साटासाट गर्ने वा प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । तर मेरो विचारमा प्रेम साटासाट गर्न वा प्रस्ताव राख्न यही दिन नै कुर्नुपर्छ भन्ने लाग्दैन । प्रेम गर्नेहरुलाई वर्षभरका हरेक दिन नै उत्तिकै सुन्दर हुन्छन् । तर पनि आफ्नो प्रेम वा सम्बन्धलाई यादगार बनाउने विशेष दिन भ्यालेन्टाइन डे हो जस्तो लाग्छ ।  नेपालमा हुँदा भ्यालेन्टाइन डेको बारेमा खासै बढी सुनेको सम्झना छैन । ७ वर्षअघि बेलायतमा आएपछि भने यो दिनका बारेमा सबैतिर धेरै नै चासो, चर्चा हुने गरेको देखिएकै छ । 

व्यक्तिगत रुपमा मसँग भयालेनटाइन डे मनाएका धेरै अनुभवहरु छैनन् । बेलायत आएपछि एकपटक केटी साथीहरुसंगै भ्यालेन्टाइन डान्स पार्टीमा गएको भने सम्झना छ । केही साथी तथा शुभचिन्तकहरुबाट कार्ड समेत पाएकी छु । मैले आफैं पनि कोहि विशेष व्यक्तिसँग शुभकामना साटासाट गर्ने गरेकी छु । तर उपहारहरु लिने दिने गरिएको छैन । यसपटक पनि आफ्नो विशेष मान्छेसंगै भ्यालेन्टाइन मनाउने योजना छ ।

 

पछिल्ला वर्षहरुमा मेरो भ्यालेन्टाइन एक हिसाबले मेरा दर्शक, श्रेता तथा शुभचिन्तकहरुसंग पनि मनाउंदै आएको छु । मेरो गायनलाई मन पराउने मेरा प्शंसक तथा शुभचिन्तकहरुले भ्यालेन्टाइन डेमा समेत शुभकामना पठाउनुहुन्छ । त्यसले मलाई निकै खुशी बनाउँछ ।

 

भ्यालेन्टाइन डे मनाउने सबै जोडीहरुलाई मेरो शुभकामना छ । यो दिनमा जस्तै वर्षका हरेक दिनमा आफ्नो विशेष मानिसहरुलाई माया बाँड्ने र माया देखाउन सके सबैका प्रेम र सम्बन्धहरु थप बलियो हुन्छन् जस्तो लाग्छ ।

 



Your Comment

थप समाचार

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 6 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 7 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका

यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

  • 14 minutes ago
यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

एजेन्सी । बलिउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि