ललितपुरमा प्रहरीसँगको झडपमा एमाले नेता घाइते

  • मंगलबार, २३ चैत, २०७२
  • 9 months ago
  • समाज

 

ललितपुर-प्रहरीसँगको दोहोरो झडपमा नेकपा एमाले खोटाङ काठमाडाैं सम्पर्क मञ्चका उपाध्यक्ष अर्जुनभक्त राई घाइते भएका छन । एमाले खोटाङको नेतृत्वमा आज यहाँस्थित सडक विभाग कार्यालयमा धर्ना दिइरहेको अवस्थामा उक्त घटना भएको खोटाङ– २ नम्बर क्षेत्रका सांसद एवम् एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले बताए ।


अढाइ वर्ष पहिले फोक्सिङटार–सुनकोसी पुल निर्माण सम्झौता भए पनि हालसम्म काम नै सुरुआत नगरिएकाले छिटो काम गर्न दबाब दिने उद्देश्यले धर्ना दिँदा झडप भएको थियो ।

त्यही क्षेत्रमा पर्ने जयरामघाट दूधकोसी नदीमा समेत आठ वर्षअघि पुल निर्माण गर्ने सम्झौता भए पनि हालसम्म खम्बा मात्र उठाउने कार्य भएकाले छिटो काम सम्पन्न गराउने उद्देश्यले कार्यालयमा धर्ना दिनुपरेको हो उनले बताए । 


कार्यालय प्राङ्गणमा प्रदर्शनकारी आएर कर्मचारीमाथि हातपात गरेपछि नियन्त्रणमा लिने क्रममा उपाध्यक्ष राई सामान्य घाइते भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता किसनसिंह थापाले जिकिर गर्नुभयो । प्रदर्शनकारीबाट कार्यालयकै प्राङ्गणमा कर्मचारीमाथि गरिएको आक्रमणमा परेर विभागका कर्मचारी जयराम थापा घाइते भएको प्रवक्ता थापाले बताउनुभयो । रासस


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    ललितपुरमा हात खुट्टा बाँधेर ५५ लाख डकैती

    • 1 month ago
    ललितपुरमा हात खुट्टा बाँधेर ५५ लाख डकैती

    काठमाडाैं-ललितपुरमा शनिबार बिहान करिब ५५ लाख रुपैयाँ बराबरको डकैती भएको छ । 

    झडपमा तीन सैनिकको मृत्यु

    • 11 months ago
    झडपमा तीन सैनिकको मृत्यु

    मनिला । दक्षिणी फिलिपिन्सको कोम्पोस्टेला प्रान्तमा बामपन्थी समूह न्यु पिपुल्स् आर्मी (एपीए) र सैनिकबीच भएको झडपमा तीन सैनिकको मृत्यु भएको समाचार छ ।

    झडपमा परि २२ को मृत्यु

    • 5 months ago
    झडपमा परि २२ को मृत्यु

    कुन्दुज, साउन । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला ए जल जिल्लामा शुक्रबार सुरु भएको झडपमा परी २२ व्यक्तिको मृत्यु भएको छ ।

    hamropatro

    नेपाल

    मन्त्रीपरिषद् विस्तार गर्दै दाहाल, खड्का र सिंह मन्त्री बन्ने

    मन्त्रीपरिषद् विस्तार गर्दै दाहाल, खड्का र सिंह मन्त्री बन्ने

    काठमाडौं, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले संसदमा एक सिटको प्रतिनिधित्व गर्ने दुई जना सांसदलाई मन्त्री बनाएर सरकारमा सहभागी गराउन लागेका हुन् ।

    अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह सरकारमा सहभागी हुन लागेका हुन् ।

    जीवनशैली

    दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

    दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

    दुधबाट पोषण प्राप्त गर्नको लागि हामी दुधलाई उमालेर पिउने गर्छौ तर हालै गरिएको एक अनुसन्धानले यो कुरा पत्ता लगाएको छ कि बारम्बार दुध उमाल्नाले दुधमा भएको पोषक तत्व नष्ट हुन सक्छ ।