सल्यानमा एमाले–माओवादी गठबन्धन टुट्यो, कांग्रेसमा खुसीयाली

सल्यान, मंसिर १९ । निर्वाचनको दुईदिनअघि सल्यानमा एमाले–माओवादी गठबन्धन टुटेको छ । वाम गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका टेकबहादुर बस्नेतलाई एमालेका प्रदेस सभा (क)का उम्मेदवार गुलावजंग शाह हराउने भन्दै मतदाताको घरदैलो पुगेपछि गठबन्धन टुटेको हो । उनीहरुले चुनाव प्रचारको अन्तिम दिन सोमबार अलग अलग कार्यक्रम गरेका थिए । शाहले माओवादी केन्द्रसँगको गठबन्धन टुटेको समेत बताएका छन् ।


माओवादी केन्द्रको आन्तरिक विवादका कारण जिल्लामा सुरुदेखि नै गठबन्धनमा किचलो हुँदै आएको थियो । माकेको जिल्ला पार्टीले तोकेको उम्मेदवारीप्रति असहमति जनाउँदै बैठकबाटै निर्णय गरेर प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा उम्मेदवारी दिएको छ ।

 

माओवादी केन्द्रको विवाद चर्किदै एकले अर्कालाइ कारवाही गर्ने तहसम्म पुगेको थियो । जिल्ला पार्टीले केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर बस्नेतलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न केन्द्र र प्रदेशमा सिफासिर गरेको छ । त्यसैगरी बस्नेत समूहले पनि जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीलाई कारवाही गरेको भन्दै अर्कोलाई तोकेको थियो ।माओवादी केन्द्रले आन्तरिक विवादको व्यवस्थापन गर्न नसक्दा गठबन्धनमा नै असर परेको छ । एमाले उम्मेदवारहरुबीच पनि राम्रो सम्बन्ध छैन ।

 

प्रदेश सभा अन्तरगत (ख)का उम्मेदवार प्रकाश ज्वाला बागीले माओवादी केन्द्रका बागी उम्मेदवारहरुसँग भित्रभित्रै तालमेल गरेका छन् । त्यो थाहा पाएपछि एमालेका अर्का उम्मेदवा शाह आक्रोसित भएका छन् । नेता ज्वालालाई समर्थन गर्ने भन्दै माओवादी केन्द्रका बागी उम्मेदवार जितबहादुर पुन पछी हटिसकेका छन् । ज्वालाको समूहले प्रदेशको ख मा भीमप्रकाश शर्मालाई सहयोग गर्ने सहमति भएको छ ।

 

यो सहमतिसँगै जिल्लामा एमाले–माओवादी केन्द्रको गठबन्धन भाडिएको छ । आधाकारिक उम्मेदवार बस्नेतलाई एमाले उम्मेदवार शाहले सहयोग नगर्ने सार्वजकिन रुपमै बताइसकेका छन् । वामगठबन्धनमा आएको गडबढीका कारण कांग्रेसमा खुसीयाली छाएको छ ।



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।