Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते

कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते


कास्की । कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाइते भएका छन् । दु। पोखरा महानगरपालिका ३ नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिक प्रेम शेरचनको घर नजिकको भिरबाट घाँसको डाला तान्ने क्रममा भएका हुन् ।

उनका साथी प्रेम शेरचन सँगै रहेकाले तत्काल उद्धार गर्न खोजिए पनि झाडी फाडेर घाइते घिमिरेलाई अस्पताल लग्न २ घण्टाभन्दा बढी समय लागेको थियो ।

उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि आइसियूमा राखेर उपचार भइराखेको छ । उनको टाउको, छाती र मेरुदण्डमा चोट लागेको छ । उनी अझै अचेत अवस्थामा रहेको बताइएको छ ।

रक्तचाप र अक्सिजन लेबल निकै कम भएकाले पनि काठमाडौँ लैजान निकै कठिन भएको उनका आफन्त गोविन्द पौडेलले जानकारी दिए ।

दसैको बेला बिदामा बसेका सिनियर चिकित्सकलाई तत्काल सहभागी गराई उपचार सुरु गरिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

मणिपाल शिक्षण अस्पतालका अनुसार घाइते घिमिरेको अवस्था स्थिर रहेको जनाइएको छ । उनको फिल्म पशुपतिप्रसाद २ भष्मे डन पोखरालगायत देशैभर प्रदर्शन भइरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

Techie IT