यी हुन् संसारकै १० अभागी मानिसहरु, यस्तो छ उनीहरुको कहानी

एजेन्सी– यदी तपाईको दिन खराब बितिरहेको छ भने विश्वका केही अभागी मानिसहरुबारे थाहा पाइराख्नुहोस् । उनीहरुबारे थाहा पाएपछि पक्कै पनि तपाईले केही राहत महसुस गर्नुहुनेछ । मानिसहरु एकदुई पटक ठक्कर खान्छन् वा अभागी सोच्छन् तर विश्वमा केही यस्ता मानिसहरु रहेका छन् जसले पाइलै पिच्छे अभागी भएको महसुस हुनुपर्यो ।

 

आउनुहोस् हेरौ विश्वका १० अभागी मानिसहरु : 

 

डेडे कोस्वारा


डेडे कोस्वारा जन्मदा स्वस्थ नै जन्मेका थिए तर १० वर्षको उमेरमा उनी इन्डोनेसियाको जंगलमा लडेर चोट लाग्यो । त्यसपछि उनको घाउमा मुसो जस्तो पलाउन थाल्यो र बिस्तारै त्यो उनको शरिर फैलेर भरि रुखको बोक्रा जस्तो पलाएको छ । उनको शरिर कुरुप भएको छ र हिडडुल गर्न समेत गाह्रो हुन्छ ।


जोन लाइन


ब्रिटेनका ५४ वर्षीय औधोगिक सफाइ गर्ने जोन लाइनलाई धेरै मानिसहरुले ‘विपत्ति जोन’ भनेर बोलाँउछन् । उनी बच्चा हुँदा घोडा र बग्गीबाट लडेका थिए र डेलिभरी भ्यानले झन्डै किचेको थियो । जब उनी किशोर भए उनी रुखबाट लडेर हात भाँचे र उपचार गरेर फर्कदा उनी चढेको बस दुर्घटना भएको थियो । त्यही हात अर्को ठाँउमा भाच्चियो । त्यस पछि सन् २००६ माउनी फेरी काम गर्दागर्दै म्यानहोल बाट खसे ।


रोय सुलिभान


अमेरिकी पार्क रेन्जर रोय सुलिभानसंग धेरैपटक चट्याङ लाग्दा नि बाँचेको गिनिज विश्व रेकर्ड छ । उनलाई सन् १९४२ देखी १९७७ सम्म सात पटम ठूल्ठूला झट्का लागेको थियो तर उनी बाच्ँन सफल भए। त्यसपछि उनलाई ‘ह्युम्यान लाइटेनिङ रड’को उपनाम दिइयो ।


हेनरी जिग्ल्याण्ड


सन् १८८३ मा हेनरी जिग्ल्याण्डले आफ्नो प्रेमिकालाई छोडिदिए त्यसपछि प्रेमिकाले आत्महत्या गरिन । प्रेमिकाको दाइले हेनरीलाई बदला लिन गोली हाने, तर उनले हानेको गोली रुखमा लाग्यो । हेनरीको मृत्यु भएको ठानेर उनी आफैँले आफुलाई गोली हानेर ज्यान लिए । धेरै वर्ष पछि हेनरीले त्यो रुख काट्ने योजना बनाए र विष्फोटक पदार्थले रुखलाई उडाए तर त्यो अड्किएको गोली टाउकोमा लागेर उनको मृत्यु भयो ।


कोस्टिस मित्सोटाकिस


सन् २०१२ मा स्पेनको सोडेटो नगरका सबै मानिसहरुले ९५० मिलियन पुरस्कार भएको ठूलो क्रिसमस चिठ्ठा किने । कोस्टिस मित्सोटाकिस बाहेक सोडेटो नगरका ७० परिवारका सबैले केही न केही पुरस्कार जीते तर उनले केही जित्न सकेनन् ।


एरिक नोरी


फ्लोरिडाका नोरी सन् २०१३ मा बाहामासमा माछा मारिरहेको थिए । त्यसबेलामा एउटा सार्कले पछाडिबाट आक्रमण गर्यो । उनको खुट्टाको चौटा नै लिएर गयो र ससुराले उनलाई बचाए । यसभन्दा पहिले उनलाई चट्याङ लागेको थियो र विषालु सर्पले पनि टोकेको थियो ।

 

जोन वेड


उनलाई फ्लोरिडाको घरमा फोन गरिरहेको बेलामा चट्याङ लागेको थियो । उनलाई आफ्नो ट्याक्सी चलाइरहेको बेलामा उनलाई लुटेराहरुले कन्चटमा गोली ताकेर लुटेर भागेका थिए । उनलाई सन् २००८ मा चक्कु पनि प्रहार गरिएको थियो । त्यस्तै सन् २००९ मा उनलाई दुईवटा सर्पहरुले एकै चोटी टोकेका थिए ।


मेलेनी मार्टिनेजल


मेलेनी मार्टिनेजले ५० वर्षको समयमा आँधी–बेरीको कारण पाँचवटा घर गुमाइन् । सन् १९६५ को बेस्टी, १९८५ को जुआन, १९९८को जर्ज र २००५ को केटरिनाले घर लगे पनि उनले लुजियाना छोडिनन् । उनको बारेमा थाहा पाएपछि एक रियालिटी सोले नयाँ घर बनाइदियो तर केही महिना मै आइज्याकनामको हुरीकेनले नयाँ घर समेत सबैथोक उडाएर लगिदियो ।


भायोलेट जोसेफ


भायोलेट जोसेफ ओलम्पिक नामको पानी जहाजमा परिचारिका थिइन । तर, यो पानी जहाज अर्को पानी जहाजसँग ठोक्किएर सन् १९११ माडुब्यो । त्यसमा उनी बाच्ँन सफल भइन् । त्यसपछि उनी टाइटानिकमा परिचारिका भइन र त्यो पनि सन् १९१२ आइसबर्गमा ठोक्किएर डुब्यो । उनी फबोटमा उत्रेर बाचिन र उद्धारकर्ताले उनको उद्धार गरे । त्यसपछि फेरी प्रथम विश्वयुद्धको समयमा उनले राजपरिवारको हस्पिटल पानी जहाज ब्रिटानिकमा काम गरिन तर त्यो पानी जहाज पनि डुब्यो । उनी फेरी लाइफबोटको मद्दतले बाच्न सफल भइन । उनको सन् १९७१ मा मृत्यु भयो र उनलाई समुन्द्रमा गाडियो ।


तिमानिस जो न्युक्लियर बमबाट पनि बाँच्न सफल भए


नागासाकीका सुतोमु यामागुची सन् १९४५ अगस्ट ६ माआफ्नो कामको सिलसिलामा हिरोसिमा गएका थिए । उनी त्यही दिन हिरोसिमा छोड्ने वाला थिए तर आफ्नो हान्को यात्राको लागि चाहिने डकुमेन्ट छुटेकाले फेरी आफ्नो कार्यस्थल फर्केका थिए ।त्यति नै बेला अमेरिकीहरुले ‘लिटिल ब्वाइ’नामको आणविक बम खसाले । बम खसालिएको ठाँउ भन्दा उनी जम्मा ३ किलोमिटरको दुरीमा थिए । त्यो विष्फोटले उनको कानको जाली फुट्यो र उनी केही समयको लागि अन्धो भए । एक रात एअर रेड सेल्टरमा बिताए पछि भोलिपल्ट उनी आफ्नो घर नागासाकी फर्किए । नागासाकीमा आएर उनले उपचार गरे । अगस्ट ९ मा फेरी अमेरिकीहरुले अर्को आणविक बम ‘फ्याट म्यान’नागासाकीमा खसाले। यो समयमा पनि उनी ग्राउन्ड जिरो भन्दा ३ किलोमिटरको दुरीमा थिए तर यो पटक उनलाइ केही भएन । उनको मृत्यु सन् २०१० मा क्यान्सरका कारण भएको थियो ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।