अमेरिका र उत्तर कोरियाबाट आतंकीत विश्व समुदाय र तेस्रो विश्वयुद्धको सम्भावना

प्रशिद्ध जर्मन दार्शनिक इम्यानुअल कान्टले (१७२४/१८०४) आफ्नो पुस्तक ‘पर्पेचुअल पिस’ मा बिश्व शान्ति सद्भावका लागि प्रत्येक देशको सरकार जिम्मेवार हुनपर्ने कुरा उल्लेख गरेका छन् । कुनै पनि देशको संबिधान वा सरकारलाई अन्य देशको सरकारले दखल दिन नहुने कुरा उल्लेख गरेका छन् । उनको उक्त बिचारको प्रभाब आधुनिक युरोप, अमेरिकालगायत बिश्व प्रजातान्त्रिक अभ्यायासमा पर्दै गयो । यसको पछिल्लो उदाहरणको रुपमा अमेरिकी पोलिसी ‘जोज क्यनिंग’ र विदेश नीति ‘लर्ड पाल्मस्टन’ हो। सन् १९४० को दशकमा कान्टको बिचारलाई संयुक्त राष्ट्र संघमा समेत सामेल गरिएको छ । 

 

पछि १९ औं शताब्दिमा जर्मन दार्शनिक कार्ल माक्र्सको उदयपछि, उनले बिश्वलाइ श्रेणीबिहीन समाज (साम्यवाद)को सिद्दान्तको अबधारणा स्थापित गरे । त्यसपछि, बिश्व दोस्रो बिश्व युद्धसँगै राजनैतिक सिद्दान्तको आधारमा विभाजित हँुदै अहिलेको अवस्थामा आइपुगेको छ । दोस्रो बिश्व युद्धसँगै हामी सम्पूर्ण मानबजातिको आपसी सद्भाव, एकता र हिंसारहित समाजको कल्पना गर्दै सयुक्त राष्ट्र संघको स्थापना भयो। सन् १९४८ मा बिश्व समुदायले बिश्वब्यापी मानब अधिकारको अबधारणा ल्यायो । यसमा सम्पूर्ण मानब जातिहरुको मानब अधिकारलाई सुनिश्चित गरेको छ । यसअनुसार नै सन् १९६६ मा सामाजिक, आर्थिक, राजनैतिक एबम साँस्कृतिक हकको ग्यारेन्टी हुने स्पष्टसँग संयुक्त राष्ट्र संघको चार्टरमा उल्लेखित छ ।

 

दोस्रो बिश्व युद्धमा ठूलो मात्रामा आमनरसंहार भएको थियो । जर्मन शासक हिटलर, इटालियन शसक मुसोलिनी, जापानी शासक, त्यस समय युद्ध अपराधमा दोषी ठहरिए । जब संयुक्त सुरक्षा फौजबाट जर्मन शासक हिटलर पराजित भए, त्यसपछि बिश्व समुदायले अन्तर्रास्ट्रिय अदालत न्युरेबर्ग ट्रायल स्थापना गरी युद्ध अपराध गरेको दोषी ठहरिएका हिटलरको ‘नाजी’ पार्टीका सदस्यहरुलाई उनीहरुले गरेको अपराध अनुसार सजाय सुनाइयो । हिटलरले सम्पूर्ण यहुदीलगायत आफ्ना बिरोधिहरुको क्रुरतापूर्वक दमन गरेका थिए । तर उनले भने सजाय पाउनु अगाबै आत्मा हत्या गरेका थिए ।

 

पहिलो विश्वयुद्धमा युरोपका दुई देशबीचको लडाइँमा दुनियाँका सबै शक्तिशाली राष्ट्र सहभागी भए । दुनियाँ बाडिँयो र थुप्रै मरे । २०औँ शताब्दीको सुरुआतमा जर्मनी एक ठूलो शक्तिका रुपमा थियो । युरोपमा अस्ट्रिया उसको एक्लो सहयोगी थियो । अस्ट्रियाबाट केही व्यक्ति सर्बिया जान चाहन्थे र यस क्रममा बोनिस्याको राजधानी साराजेवो गएका अस्ट्रियाका राजकुमार आर्कडयुक फ्रान्ज फर्डिनान्ड र उनकी पत्नीको हत्या भयो ।

 

अस्ट्रियाले हत्याका पछाडि सर्बियाको हात रहेको बतायो । अस्ट्रियाले हत्याको छानबिन सर्बियालाई नै गर्न दिएर उसलाई अल्टिमेटम दियो । सर्बियाले चेतावनी अस्वीकार गर्दै हत्याको छानबिनमा इन्कार गर्यो । त्यसपछि २८ जुलाईमा अस्ट्रियाले सर्बियामा हमला गर्यो । अस्ट्रिया जर्मनीको दममा लडेको थियो र रुसले सर्बियालाई साथ दियो । रुसले आफ्नो सेना पठायो र जर्मनी लडाइँमा होमियो । रुस जर्मनी लड्न थालेपछि रुसको सहयोगी फ्रान्स पनि लडाइँमा सहभागी भयो । फ्रान्स र जर्मनीको सीमामा लडाइँ सुरु भयो । यसबीच रुस र फ्रान्सको सहयोगी बेलायतले जर्मनीलाई लडाइँ रोक्न माग गर्यो । जर्मनीले मानेन र बेलायतले पनि जर्मनीमाथि हमला सुरु गर्यो । त्यतिबेला सबैभन्दा बलियो जलसेना मानिने बेलायती जलसेनाले जर्मनीमाथि हमला गर्यो । अमेरिका यो युद्धमा सहभागी भएन । आखिर जर्मनी र अस्ट्रिया अर्थात् धुरी राष्ट्रको हार भयो ।

 

तेस्रो विश्वयुद्ध

 

एकातिर उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्र संघको प्रतिबन्ध जारी छ । राष्ट्र संघले पटकपटक उत्तर कोरियाविरुद्ध प्रतिबन्ध थप्दै र कडा बनाउँदै लगेको छ । अर्कोतर्फ उत्तर कोरियाले मिसाइल परीक्षण पनि जारी राखेको छ । उत्तर कोरियाले एक शक्तिशाली मिसाइल जापानमाथि प्रहार गरेको थियो । पछाडि लगत्तै उसले फेरि हाइड्रोजन बम परक्षण गरेर विश्व समुदयालाई एक पटक फेरि परमाणु युद्ध हुन सक्ने धम्किपूर्ण चेतावनी दियो । यसै महिनाको सुरुमा उत्तर कोरियाले सफल इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उसले उक्त मिसाइल अलास्कासम्म प्रहार गर्न सक्ने क्षमताको भएको दाबी गरेको थियो ।

 

हाल सयुक्त रास्ट्र संघमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ्ग उनलाइ ‘रकेट मेन’ को संज्ञा ँिददै उसले तत्काल परमाणु कार्यक्रम नरोके अमेरिकाले उसलाई ध्वश्त पार्ने चेतावनी दिए । प्रतिउतर दिँदै नर्थ कोरियाले अठारौ शताब्दिमा प्रयोग हुने डोटार्ड(कम्जोर बृद्ध ) शब्दको प्रयोग गर्दै ट्रम्पको भनाइलाई आत्माघती हुने चेतावनी फर्काएको छ । यससँगै अहिले विश्व दुई परमाणु हतियार सम्पन्न रास्ट्रको टक्करमा अन्धकारको बादल भित्र मडारिएको छ ।
शताब्दि लामो दुस्मनी

 

सन् १९५० मा कोरियाको युद्ध सुरु भएको थियो । त्यतिबेला विश्वको महाशक्ति अमेरिका र सोभियत संघ दोस्रो विश्व युद्धपछि विश्वका कयौं देश जस्तै आफ्नै देशको पुनर्निमाणमा जुटेका थिए । कोरियाली प्रायद्वीपको उत्तरी क्षेत्रमा सोभियत संघको कब्जा थियो भने दक्षिण हिस्सामा अमेरिकाको कब्जा थियो ।

 

सोभियत संघ र चीन उत्तर कोरियाको पक्षमा थिए भने अमेरिक दक्षिण कोरियाको पक्षमा थियो । तीन वर्षसम्म चलेको भयानक युद्ध विना कुनै शान्ति सम्झौतामा टुंगिएको थियो । अहिले दक्षिण र उत्तर कोरिया खाली युद्ध विरामको अवस्थामा रहेका छन् । उक्त युद्धमा करिब ३० लाख मानिस मरेको आशंका गरिन्छ । एक लाख बढी बालबालिका अनाथ भएका थिए भने एक करोडभन्दा बढी नागरिक विस्थापित भएका थिए । एन्जेलो स्टेन्ट युनिभर्सिटीका डिर्पाटमेन्ट अफ स्टडीज सेक्युरिटी एण्ड क्रिमिनल जस्टिसका प्रोफेसर ब्रुस बेच्टोल भन्छन्, ‘यदि परमाणु युद्ध भएमा पहिलो हप्तामै तीनदेखि चार लाख मानिसको मृत्यु हुन सक्छ । अथवा यसले करिब २० लाख मानिसको मृत्यु निम्त्याउँछ ।’

 

यदि उत्तर कोरियाका नेता किम जोङ उनको युद्द चल्यो भने उनले एक घण्टाभित्र हजारौं मिसाइल प्रहार गर्न सक्नेछन् र उनको पहिलो टार्गेट दक्षिण कोरियाको राजधानी सोल हुनेछ । जसका कारण सोलमा रहेका साढे २ करोड मानिसको हताहती हुन सक्छन् । युद्ध यतिमै समाप्त हुनेछैन । विगतका वर्षहरुमा झैँ अमेरिकाले सत्तामा किमलाई बस्न दिने छैन र यसले उक्त प्रायद्वीपमा लामो समयसम्म तनाव जारी रहने छ र अन्त्यहिन संघर्षमा कोरियाली प्रायदिप फस्न सक्ने सम्भावना रहन्छ ।

 

अमेरिका र उत्तर कोरियाका पछिल्ला कार्यलाई नियाल्दा यी दुइ देश एक अर्का बिरुद्द सैन्य कारबाहीको लागि तयारी थालेको प्रस्ट नै छ । अहिले अमेरिकी युद्धपोत र पनडुब्बि जहाजहरु उत्तर कोरिया नजिकै आफ्ना सहयोगी को साथमा हतियार सहित पुगिसकेको छ भने उत्तर कोरिया पनि युद्धको लागि तम्तयार भएर बसी सकेको छ । विश्वका यी दुई परमाणु हतियार सम्पन्न आमने सामने रहेसंगे युद्दको बादल कोरियन पेनेंसुलामा मडारिन थालेको छ । यदि कुनै देशको रास्ट्रपति बाट फिंगर प्रिन्ट दबाए संगै बिसाल परमाणु हरु एक अर्कामा बज्री करोडौ मानिसहरु भकाभक हुने निश्चित प्राय नै छ ।

 

यसको पछिल्लो उदाहरणको रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइ .एसकोविरूद्ध अपÞmगÞानिस्तानमा भीमकाय नन्न्यूक्लियर बम हमलालाई लिन सकिन्छ । हालकै अबस्थामा यी दुइ देशबीच लडाई भइहाले विश्वका अन्य देश समेत यस युद्धबाट छिप्न सक्ने वाला छैनन र दुई देशबाट सल्किएको आगो पूरै विश्वमा सल्किने छ र यसको डडेलोले बिस्वल्लाई कप्लक्कै निल्न सक्ने छ ।

 

अहिले विश्वका कुल ९ देशहरुसँग परमाणु हतियार रहेका छन् । जसमध्ये अमेरिका(४५७१ ), रूस (४५०० ), फ्रांस(३०० ), चीन (२६०) यूके (१७५ ), पाकिस्तान(१४० ), भारत (११० ), इजराइल (८० ) र नर्थ कोरिया रहेका छन् ।
कति घातक हुन सक्छ परमाणु हतियार ?

 

अंग्रेजी मीडियाको एक रिसर्चको अनुसार अमेरिका र रूसको परमाणु हथियारको कुल शक्ति ट,टण्ण् मेगाटन रहेको छ । जुन, सुर्यको पृथ्बीमा एक मिनेटमा प्राप्त हुने उर्जाको दस भागको एक भाग हो । यदि अमेरिकाको सबभन्दा शक्तिशाली परमाणु हतियार बि ८३ को प्रयोग भएमा पहिलो २४ घण्टामा चौध लाख मानिस सखाप हुने छन् । साथै, यसबाट निस्कने ले रेडिएशनबाट १३ किलोमिटर रेडियसमा ३७ लाख मनिष घाइते र अंगभंग हुने छन् ।

 

यदि, रूसको सबभन्दा ठूलो परमाणु हतियार ‘तसार बोम्बा’ को प्रयोग भएमा लगभग ४२ लाख मानिसको तत्काल मृत्यु हुने छ । साथै ७६ लाख मानिस अपाङ्ग र घाइते हुनेछन् र यसका रेडिएशनबाट ७८८० किलोमिटरसम्म नोक्सान पु¥याउन सक्छ ।

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।