भ्यालेनटाइन डे: देखाउनकै लागि पनि प्रेम जोडी बन्ने चलन बढ्दो

काठमाडौँ ।  आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन ।

 

आज विभिन्न कलेज, क्याफे, रेष्टुरेँष्ट, अस्पताल, सिनेमा घरलगायतका स्थानमा प्रेम जोडीलाई विभिन्न छुटसहितका प्रबन्ध गरिएका छन् । उपहार पसलमा प्रेमका कुरा लेखिएका विभिन्न उपहार, फूल पसलमा रातो गुलाफ किन्नेको भीड देख्न पाइन्छ ।

 

खासगरी पश्चिमा देशमा विशेष रुपमा मनाइने प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ नेपालका युवालाई पनि आकर्षित गरिरहेको छ । स्नातक तहमा अध्ययनरत सिताष्मा शर्मा अहिले देखाउनकै लागि भए पनि प्रेमी जोडी बढ्ने फेसन चलेको बताउछिन् ।

 

‘एक हप्तासम्म विभिन्न डे हुँदै आज १४ भ्यालेन्टाइन डे रे, एक हप्तादेखि साथी कलेज आएका छैनन्, कहिले कताकताको डेटिङ, यसका राम्रा पक्ष भए पनि हामीले नचाहिने कुरालाई बढी अपनाएका छौँ,’ उनले भनिन् ।

 

कलेज पढ्ने कसैले ‘अफेयर्स’ छैन भन्दा विश्वास गर्दैनन् उनले भनिन्,’देखाउनका लागि गरिने प्रेमले समय र भविष्यमा असर पारिरहेको छ ।’

 

बढ्दो सूचनाप्रविधिले संसारका हरेक क्रियाकलाप नजिकै जस्तो गरी थाहा पाउन सकिन्छ । बाहिर जसरी दिवस मनाउँछन्, त्यही सिको गरेर नेपाली युवाले प्रेम दिवस मनाउन थालेको नराम्रो लाग्ने सिताष्मा बताउछिन् ।

 

नेपाली समाजले प्रणय दिवस सहजै पचाउन सकेको अवस्था भने छैन । यसबारे दुई खाले विचार पाइन्छ । केहीले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन्, भने केहीले प्रेमलाई अझ सशक्त बनाउने एक–आपसमा सम्बन्ध प्रगाण बनाउन सहयोग पुग्ने विचार राख्दैआएका छन् ।

 

ज्योति रावल प्रणय दिवसले नेपालका युवामा प्रेमलाई नकारात्मक रुपमा लिने परम्परा विकास भएको बताछन् । उनि भन्छन्, ‘प्रेम सुन्दर अनुभव हो, अहिले युवाले प्रेमलाई फेसनका रुपमा लिँदा उनीहरुको भविष्यसमेत डामाडोल भएको देखेको छु, प्रेम शब्द जति सुन्दर छ त्यति नै सभ्यरुपमा मनाउन सकेमा राम्रो हुन्थ्यो ।’

 

निजी कम्पनीमा काम गर्ने देव पोखरेल भने यो दिवसलाई मायाप्रेम साट्ने सुनौलो दिनको रुपमा लिने गरेको बताउछन् ‘उहाँले समय फेरिएको छ, अहिले प्रेम लुकाएर गर्नुपर्ने अवस्था छैन, आफूले माया गर्ने व्यक्तिसँग प्रेम दिवस मनाउनु नकारात्मक कुरा होइन ।’

 

प्रणय दिवसको औपचारिक शुरुआत सन् २६९मा रोमबाट शुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।

 

आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिंगीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिंदैन ।

 

प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको भन्दै यसको विरोध गर्ने पनि छन् । जसले आफ्ना छोराछोरी प्रेममा नफसून् भन्ने धारणा राख्नेको कमी छैन । पछिल्लो समय छिट्टै आकर्षण हुने र अलग हुने क्रम पनि बढ्दो छ । ६५ वर्षीया मञ्जु थापा पछिल्लो समय युवाहरुमा प्रेम गर्दै छाड्ने चलन बढेकोप्रति असन्तुष्ट छन् ।

 

उनले ‘खुला रुपमा प्रेम गर्ने अनुमति त्यो बेला थिएन तर अहिले त आज एउटासँग प्रेम छ, भोलि अर्कोसँग यो विकृति नभए के होला ? अहिलेका युवाको प्रेमप्रतिको भावना देखेर चिन्ता लाग्छ ।’

 

एक अर्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रकट गर्ने दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाफका साथ विभिन्न उपहार आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।



Your Comment

थप समाचार

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 5 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 14 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने

माओवादीबाट बादलले सरकारको नेतृत्व गर्ने, गृहमन्त्री वर्षमान

  • 26 minutes ago
माओवादीबाट बादलले सरकारको नेतृत्व गर्ने, गृहमन्त्री वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।