प्रेम उत्सव कि गुलाबको बजार महोत्सव ?

-जगन कार्की

प्रणय दिवस प्रेमका रंगहरुसंगै प्रेममय तरङ्ग बनि
सामाजिक संजालका भित्ताहरुमा छचल्किएर ,
प्रेमका बाछिटाले प्रेममय हृदयहरु मलिन बन्ने सुन्दर प्रहर
कुरेर बसेका बैस्य युगका गुलाब ब्यापारीहरुको
बजार प्रबर्धनको महोत्सव जस्तो प्रणय दिवस ,
त्यहि देखावटी बजारका उपभोक्ता एकथरी ,
खोक्रो रंग पोतीएको उपहार किनी
मनभित्र रिस, राग,घृणा र डाहको पोको बोकेर
ठुलो स्वरमा प्रणय दिवसको शुभकामना भन्दै
पवित्र प्रेमको देखावटी नाटक उपाहस गरे झैँ लाग्ने ।

 

अर्काथरी अर्ति उपदेश अनि प्रेमको परिभाषा सिकाउदै,
अरुको निन्दा र आलोचना गर्नेहरु,
प्रेमको देखावटी व्यपार चलाउनेहरु देखि
प्रेमलाइ स्वार्थको संकीर्ण घेरामा कैदगरेर
घृणाको छुरा चलाउनेहरु,
स्वार्थ संकुचित विलासी बिचारहरुसंगै
हृदयको बिर्को बन्द भई
प्रेमको परिभाषा नै भुली सडकमा अल्मलिएर
प्रेमको डाह गर्दै छटपटीएका दुखि आत्माहरु झैँ लाग्ने ।

 

प्रविधिको बेगसंगै भौतिक सुखको प्रेममा फसेको मानिसलाइ,
भावना र ब्यबहारको प्रेम फिक्का लाग्न थालेर हो कि ?
बार्षिक रुपमा स्मरण गर्ने दिवस जस्तो ,
प्रेमको दिवस एकदिन धुमधाम मनाइनु बिडम्बना झैँ लाग्ने ।

 

प्रेम न गरेर गरिन्छ , न भनेर हुने गर्छ
निस्वार्थ हृदयबाट हुने चिज हो माया ,
हुर्काउने फक्र्याउने फलाउने दैनिक अभ्यास हो माया ,
स्त्री र पुरुस बीच हुने मात्र हैन प्रेम ,
पक्कै ! जीवन जगतलाइ माया गर्ने जीवत आत्माहरुको
दैनिक जिउने अधार हुनु पर्छ प्रेम !

 

गीतरुपी जीवनको सुमुधुर संगीत हुनु पर्छ प्रेम ,
यस गीतको धुन जगाई जिवन लिनेदिने प्रेमीहरुबीच
प्रेमको स्वार्थ नै प्रेम बनेर ,
भनिने, लेखिने र देखिने मात्र भन्दा
ब्यबहार र भावनामा पोखिदै ,
सदा प्रेममय दैनिकी बन्नुपर्छ प्रेमीहरुको प्रेम |
जय निश्चल , निर्मल , अविरल, बिमल प्रेम !



    Your Comment

    Related Post

    पोखरामा लेखनाथ महोत्सव हुने

    • 4 months ago
    पोखरामा लेखनाथ महोत्सव हुने

    पोखरा, १८ पुस । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित माघ २७ देखि फागुन २८ पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने भए

    आपूर्ति मन्त्री पुनलाई बजार अनुगमन, युद्ध लड्नुजस्तै कठिन

    • 10 months ago
    आपूर्ति मन्त्री पुनलाई बजार अनुगमन, युद्ध लड्नुजस्तै कठिन

    काठमाडा । आपूर्ति मन्त्री गणेशमान पुनले देशै भरी बजार अनुगमन कार्यलाई तिब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारीमाथि समेत कारवाही गर्ने चेतावनी दिएका छन ।

    शब्दमालाको बार्षिक उत्सव सम्पन्न, छिट्टै छैटौ शाखा खुल्ने

    • 6 months ago
    शब्दमालाको बार्षिक उत्सव सम्पन्न, छिट्टै छैटौ शाखा खुल्ने

    सिड्नी । सिड्नीमा संचालित नेपाली भाषाको विद्यालय शब्दमालाको बार्षिक उत्सव तथा अभिभावक तथा विद्यार्थी मिलन कार्यक्रम सम्पन्न भएको छ ।


    भिडियो


    Loading...
    hamropatro


    जीवनशैली

    वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

    वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

    एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

    विचित्र विश्व

    यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

    यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

    एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।