अनुदान रकम लिनुहोस्, तरकारी खेती गर्नुहोस्

  • मंगलबार, १ फागुन, २०७४
  • 1 week ago
  • अर्थ

कञ्चनपुर, फागुन १ । तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ ।

 

युवा लक्षित कार्यक्रमअन्तर्गत आठजना युवालाई रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।

 

एक वर्षमा दुई मौसममा एक बिघा खेतमा व्यावसायिक तरकारी खेती गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए । विदेशिने युवालाई गाउँमै रोजगारीका अवसर प्रदान गरी स्वरोजगार बनाउन रकम प्रदान गरिएको उनको भनाइ छ ।

 

“अनुदान पाएका युवालाई मौसमी र बेमौसमी तरकारी खेतीबारे प्राविधिक ज्ञान दिएर दक्ष बनाउँछौ,” उनले भने, “अनुदान रकम प्रदान गरी तरकारी खेतीका लागि प्रोत्साहित गरिएका युवालाई स्वदेशमै विदेशभन्दा बढी कमाइ गर्न सक्षम बनाउँछौ ।”

 

शाखाले प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रमअन्तर्गत २० वटा पकेट क्षेत्र निर्धारण गरेको छ । दश हेक्टर जग्गामा धान, गहुँ, उखु, तरकारी र तोरी खेतीका पकेट क्षेत्र निर्माण गरी किसानलाई अनुदान रकम उपलब्ध गराउने योजना रहेको शाखाका प्राविधिक हरिश सेठीले बताए ।


पकेट क्षेत्र बनाई खेती गर्ने किसानलाई शाखाका तर्फबाट रु दुई लाख नौ हजार र किसानले त्यत्तिकै रकमको व्यवस्था गरी खेती गर्नुपर्ने उहाँ बताउनुहुन्छ । सो कार्यक्रममार्फत सहकारी र कृषक समूहलाई प्रोत्साहित गरिनेछ ।

 

कार्यक्रमका लागि सूचना प्रकाशित गरिएकामा पकेट क्षेत्र निर्धारण गरी खेती गर्नका लागि २६ वटा सहकारी र समूहले निवेदन दर्ता गराएका छन् । छनोटमा परेका समूह र सहकारीलाई अनुदान रकमसँगै प्राविधिक सेवा उपलब्ध गराइनेछ ।



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 10 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 15 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 24 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।