'संकट समाधान सैनिकबाट हुने'

 

संयुक्त राज्य अमेरिका, साउन । भेनेजुएलामा हाल जारी संकट समाधान सैन्यबलबाट हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बताएका छन् । 

अमेरिकासँग भेनेजुएलाको समस्या समाधान गर्ने घेरै उपाय भएको तर त्यस मध्य सैन्यबलबाट गरिने उपाय पनि एउटा भएको उनले बताए । 

भनेजुएलाको विषयमा भएको छलफलको क्रममा एक सम्बाददाताले गरेको प्रश्नको जवाफ दिदै अमेरिकी सेना संसारभरी रहेका र भेनेजुएला अमेरिकाबाट खासै टाढा नरहेको बताए । 

भेनेजुएलामा जारी द्वन्द्वको कारण सर्वसाधारणले ज्यान गुमाउनुको साथै दुख पाएका यस अवस्थामा अमेरिकासँग भएको घेरै समाधान मध्ये सैन्यबलबाट हुने समाधान पनि एक भएको ट्रम्पको भनाई छ । 

भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले ट्रम्पको यस भनाईलाई ‘पागलपनको उपज’ भन्ने संज्ञा दिए । 

भेनेजुएयाली राष्ट्रपति निकोलास मादुरो बनाएको नयाँ संबिधान सभालाई गैरकानूनी भएको भन्दै देशभित्र विपक्षीको प्रदर्शन जारी रहेको छ भने विदेशमा पनि यसको व्यापाक आलोचना भएको छ । अमेरिकाले राष्ट्रपति मादुरोलाई अधिनायकवादीको संज्ञा दिदै विभिन्न प्रतिबन्धहरु लगाएको छ । 

भेनेजुएलामा करिब दुई हप्ता अगाडी आम निर्वाचन सम्पन्न भएको थियो । राजनीतिक सङ्कट समाधान गर्नका लागि संविधान पुनर्लेखन गर्न नयाँ शक्तिशाली निकायको आवश्यकता रहेको भन्दै यहाँका राष्ट्रपति निकोलास् मादुरोले निर्वाचनको आह्वान गरेका थिए । 

सो निर्वाचन निकै विवादमा परेको र निर्वाचनको औचित्य र वैद्यतामा प्रश्न उठाइएपनि भेनुजुएलाका राष्ट्रपति यस निर्वाचनमा आफू विजयी भएको दावी गर्दै विपक्षीको विरोधका बीच पनि नयाँ सविधान सभाको गठन गरे । 

अन्तर्राष्ट्रिय जगतले यसलाई राष्ट्रपति मादुरोको शक्ति बढाउने काम मात्र भएको टिप्पणी गरेका थिए । कैयाँै देशले यो निर्वाचन अनावश्यक भएको समेत टिप्पणी गरेका छन । 

विपक्षीले यस निर्वाचन बहिष्कार गरेका थिए । भेनेजुएलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी) ले वर्तमान राष्ट्रपति मादुरोले भेनेजुएलामा राजनीतिक सङ्कट चरम सीमामा पुग्दासमेत समाधान गर्न नसकेको आरोप लगाउँदै आएको थियो । 

आर्थिक सङ्कटसमेत चुलिएको भन्दै विगत चार महिनायता त्यहाँ विपक्षीहरुले आन्दोलन जारी राखेका छन । सो आन्दोलनको क्रममा हालसम्म १३० भन्दा बढी नागरिकले ज्यान गुमाइसेका छन । 

मादुरो संसदमा अल्पमतमा परेकाले संसदीय विरोधलाई छल्न संविधान सभाको ‘प्रपञ्च’ रचेको विपक्षी आरोप लागाउँदै आएको छ । 

सो निर्वाचन ५४५ सदस्यका लागि भएको हो । जहाँ छ हजारभन्दा बढी उम्मेदवार भए पनि एकजना पनि उम्मेदवारले विपक्षी दलको तर्फबाट भाग लिएका थिएन ।



Your Comment

थप समाचार

बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

  • 44 minutes ago
बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

आजबाट राजधानीमा साफ यू १५ फुटबल

  • 1 hour ago
आजबाट राजधानीमा साफ यू १५ फुटबल

काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

  • 1 hour ago
उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

जीवनशैली

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

विचित्र विश्व

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।