अष्ट्रेलियामा फेसबुक फ्रेण्ड पछ्याएर बलात्कार गरेपछि नेपालीलाई ६ वर्ष जेल

युवती गएको ब्रेरवीक नाइट क्लब । इन्सेटमा पीडक अन्जन श्रेष्ठ । तस्वीरः हेराल्ड सन


मेलबर्न—एक नेपाली अनलाइन प्रयोगकर्ताले एक युवतीको फेसबुक पोष्टहरु पछ्याएर उनलाई बलात्कार गरेका छन् । फेसबुक बलात्कारी अन्जन श्रेष्ठले नाइट क्लब बाहिर कुरेर फेसबुक साथी रहेकी अपरिचित युवतीलाई बलात्कार गरेको हेराल्ड सनले जनाएको छ ।


हेराल्ड सनकाअनुसार ती युवती करिब २० वर्ष उमेरको रहेको र उनले क्बल जानु केही समयअघि आफू क्बल जादैं गरेको भन्ने सूचना फेसबुकमा पोष्ट गरेकी थिइन । श्रेष्ठ र पीडित युवती फेसबुकमा साथी रहेपनि उनीहरुबीच चिनजान भने थिएन ।


युवतीले क्बलमा जान लाग्दा लगाएको पहिरनसहितको फोटो फेसबुकमा पोष्ट गरेकी थिइन । जसमा १ सयभन्दा बढी लाइक र कमेन्टहरु आएका थिए ।


त्यसको केही घण्टापछि श्रेष्ठ कार लिएर बरवीकस्थित नाइट क्बल पुगेका थिए । उनी ती युवती क्बलबाट बाहिर ननिस्कुन्जेल विहानको २ बजेसम्म कारको हेडलाइट अफ गरेर क्बलबाहिर कुरेर बसेका थिए ।


युवतीले चिप्स किनेर ल्याएको पनि उनले हेरिरहेका थिए । जब पीडित युवतीका साथीहरु त्यहाँबाट हिडे । युवती एक्लै देखेपछि श्रेष्ठले ती युवतीलाई तानेर भुइँमा लडाए र बलात्कार गरे । पीडित युवतीले आफूलाई फेसबुकमा देखेको भन्दैं बलात्कार गरेको बयान अदालतलाई दिएकी छिन् ।


त्यसपछि श्रेष्ठले आफ्नो फेसबुक डिटेल परिवर्तन गरे । बुधबार (१४ सेप्टेम्बर २०१६) मा अदालतले २९ वर्षीय श्रेष्ठलाई ६ वर्षको जेल सजाय तोकेको छ । न्यायाधीस ज्योफ चेटलले श्रेष्ठलाई दशकौं जेल राख्नुपर्ने खालको अपराध गरेको भएपनि कानुनको सिमितताका कारण ६ वर्ष मात्रै जेल सजाय तोकिएको बताए ।


श्रेष्ठले आरोप नस्वीकारे पनि अदालतले भने उनी दोषी रहेको प्रमाणित गरिसकेको छ । सन् २००६ मा नेपालबाट अष्ट्रेलिया आएका श्रेष्ठलाई ६ वर्षपछि नेपाल डिपोर्ट गरिने सम्भावना रहेको छ । अष्ट्रेलियाको मेलबर्नमा श्रीमतीसँग बस्दैं आएका श्रेष्ठकी श्रीमती गर्भवती छिन् । जसबाट श्रेष्ठ दम्पत्तिले पहिलो बच्चाको आशा गरिरहेको छ ।


मनोचिकित्सकले पीडित श्रेष्ठ यौनपिपासु रहेको र आफ्नो कर्तुत अदालत सामु नस्वीकारेको बताएका छन् ।


श्रेष्ठले अदालत सामु आफूहरुले सहमतिमै यौन सम्बन्ध कायम गरेको बताएका छन् । ती युवतीले श्रेष्ठलाई फेमिलिएर लागेको भन्दैं कारमा प्रवेश गरेकी थिइन । फेयरफक्सका रिपोर्टमा दाबी गरिएअनुसार ती युवतीले श्रेष्ठलाई घाँटीमा चुम्बन गरेको र श्रेष्ठको आफ्नो पेन्टीसम्म पु¥याएको बताइएको छ । साथै ती युवतीले श्रेष्ठलाई 'f--k off, f--k off,' भनेको रिपोर्टमा उल्लेख छ ।

तर, न्यायाधीसले भने महिलालाई आक्रमण गरेर अदालत सामु झुठो बोलेको बताएका छन् ।



    Your Comment

    थप समाचार

    धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

    • 3 minutes ago
    धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

    वेल्थ इन्साइटको सीएनएनमा छापिएको रिपोर्ट अनुसार फ्रान्ससँग जोडिएको मोनाको शहरमा विश्वमा सबैभन्दा धेरै करोडपति मानिसहरु बस्छन् ।

    यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

    • 20 minutes ago
    यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

    केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् ।

    भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

    • 30 minutes ago
    भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

    एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।



    भिडियो

    hamropatro

    नेपाल

    अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

    अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

    काठमाडौँ, साउन १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन् ।

    जीवनशैली

    भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

    भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

    एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।