जस्ले मेटाउँछ द्वन्द्वकाे चाेट, उसैले पाउँछन् बैतडीवासीकाे भाेट

बैतडी, मंसिर ४ । मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिक आएका बेला यहाँका मतदाताले द्वन्द्व प्रभावितको घाउ मेटाउनेलाई भोट दिने बताएका छन् ।

 

सशस्त्र द्वन्द्वका बेला बढी प्रभावित भएको पुर्चाैडी नगरपालिकाका मतदाताले आगामी चुनावमा द्वन्द्वका घाउ मेटाउने उम्मेदवारलाई भोट दिने बताएका हुन् । 

 

विगतको द्वन्द्वमा धेरैले आफ्ना आफन्त गुमाएकाले यसपालिकाे चुनावले विगतका घाउ मेटाउन सहयोग गर्नुपर्ने पुर्चाैडी नगरपालिका हाटका डम्मरबहादुर कुँवरले बताए । उनले द्वन्द्वका घाउसँगै विकास गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताए । 

 

'द्वन्द्वले चर्केका घाउमा मलम लगाउन सक्ने नेतालाई भोट दिन्छौँ', पुर्चौडी नगरपालिका कोटिलाका अम्बादत्त अवस्थीले भने । राजनीतिक परिवर्तनका नाममा धेरैले समस्या भोग्नुपरेकाले राजनीतिक समस्याको स्थायी समाधान खोजेको उनको भनाइ थियो । 'दुर्गम क्षेत्रका द्वन्द्वपीडितका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्छ', उनले भने । 


द्वन्द्वपीडित अब पहिलाको जस्तो द्वन्द्व नहोस् भन्ने मनसायमा रहेकाले शान्ति र स्थिरताका लागि विकासप्रेमी उम्मेदवारलाई भोट दिने पुर्चौडी नगरपालिकाका रणबहादुर भण्डारी बताउँछन् । द्वन्द्वबाट पुर्चाैडी सबैभन्दा बढी प्रभावित भएकाले यहाँको समग्र विकासका लागि सबैले पहल गर्नुपर्नेमा उनले जाेड दिए ।



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।