जीवन बचाउँदै स्वयम्सेवा

  • शनिबार, ५ चैत, २०७३
  • 8 months ago
  • समाज

नेपालगन्ज, चैत ५ । बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको सङ्ख्या दिन प्रतिदिन बढदै गएपछि रगतको अभाव पनि हट्दै गएको छ ।

 

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, नेपालगन्जले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयम्सेवकबाट प्राप्त भएको छ ।

 

रक्तदानमा संस्थाहरुको सहभागिता बढ्नाका साथै माग पनि त्यही अनुपातमा बढेको जनाइएको छ । “रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ”, रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले भने । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भाँैतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ ।

 

स्वयम्सेवक रक्तदाताका साथै जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेसागत सङ्घसङ्गठनले समय समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पु¥याएका छन् । रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि थालिएको छ ।

 

रेडक्रस बाँकेका अनुसार सङ्कलित रगतमध्ये ७८ प्रतिशत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा तथा २२ प्रतिशत पुरुष बिरामीका लागि प्रयोगमा आएको छ । रासस



    Your Comment

    थप समाचार

    निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

    • 10 hours ago
    निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

    लिम्बूको हत्या गरेको तथा नीजकी श्रीमतिलाई आक्रमण गरी बन्धक बनाएको लगायतका अभियोगमा मुद्धा खेपिरहेकी आरोपी ५० वर्षीया सुनमाया तामांगले भने अदालतसामु आफुमाथि लगाइएको अभिय

    के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

    • 11 hours ago
    के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

    एजेन्सी । बलिउडदेखि हलिउडसम्म आफ्नो खास पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यी दिनहरुमा निकै चर्चामा रहेकी छिन् । 

    बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

    • 11 hours ago
    बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

    मंसिर २ । बलिउड सुपरस्टार सलमान खान बलिउडमा चर्चित श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिसका साथमा नेपाल आउँदैछन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    "वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

    बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

    जीवनशैली

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।