आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

 

जहाँ मधेसका एक प्रभावशाली नेता पूर्वमन्त्री तथा लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री मुस्ताक आलम एमाले प्रवेश गर्ने कार्यक्रम थियो । बालकोटमा एमालेका ओली निकट नेता तथा केही कार्यकर्ता पनि उपस्थित थिए ।

 

त्यस्तैमा आलमलाई औपचारि रुपमा एमाले प्रवेश गराउन एक औपचारिक ढाँचाको कार्यक्रम गरियो । उपस्थितहरुले ताली पिटेर उनलाई स्वागत गरे । एमालेका अध्यक्ष ओली र बरिष्ठ उपाध्यक्ष वामदेव गौतमले खादा ओढाइ अबिर लगाइदिए ।

 

आलमले अंकल भनेपछि..

कार्यक्रममा एमालेमा नवप्रवेशी आलमले एमाले अध्यक्ष ओलीलाई अंकमाल गर्दै ‘अंकल’ भने । आलम आफैँ ५० को हाराहारीका नेता हुन् । उनले अध्यक्ष ओलीलाई अंकल भनेपछि ओलीको अनुहार केही बिग्रिएको देखियो ।

 

त्यति मात्रै नभएर उनले बोल्ने क्रममा थपे, ‘केपी अंकल मेरो हजुरबुबासँगै जेल बसेको नेता हो । मेरो घरको बगलबाट उहाँले जनताको मुक्तिको संघर्ष गर्नुभयो । उहाँलाई म अंकल नै भन्छु, त्यसैले बिना शर्त एमाले प्रवेश गरेको हुँ ।’

 

खासमा आलमले ओलीलाई मक्ख पार्न नै यसो भनेका थिए । तर उनको अभिव्यक्तिले ओलीलाई कता कता नराम्रो महसुश गराए झैँ देखिन्थ्यो । ७० वर्ष पुग्नै लागेका नेता ओलीलाई उनको यस्तो अभिव्यक्तिले पक्कै नराम्रो बनायो ।

 

त्यसो त, एमालेमा ७० वर्ष पुगेपछि राजीनामा दिनुपर्ने विधान छ । अध्यक्ष ओली सहित झलनाथ खनाल, वामदेव गौतम, माधव नेपाल, ईश्वर पोखरेल ७० पुग्नै लागेका छन् । यसअघि कति उमेरसम्म राजनीति गर्ने भनी उमेर हदबन्दीको विषयलाई लिएर पार्टीभित्र ठूलै बहस भएको थियो । महाधिवेशन नजिकिँदै गर्दा ओलीलाई नवप्रवेशी नेताले अंकल भनिदिँदा पक्कै झक्झक्यायो । यस्तो त उनको अनुहारले नै बताउँथ्यो ।

को हुन् आलम ?

लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम नेपाली कांग्रेसका संस्थापक नेता शेख इद्रिसका नाति हुन् । लामो समय कांग्रेसको राजनीतिमा रहेर लोकतान्त्रिक फोरममा प्रवेश गरेका उनी त्यहाँ धेरै वर्ष टिक्न सकेनन् ।

 

कांग्रेसबाट आफूले यसअघिको चुनावमा टिकट नपाएपछि उनी रुष्ट बनेर लोकतान्त्रिक फोरममा पुगेका थिए । फोरमबाट उनी विजयी पनि भए । यही कारण पनि कुनै बेला कांग्रेससँग बलियो साइनो भएका आलम पछिल्लो समय कांग्रेससँग निकै रुष्ट थिए ।

 

यसपटक भने कांग्रेससँग लोकतान्त्रिक गठबन्धन गर्ने भनी फोरमको निर्णय उनलाई चित्त नबुझेपछि एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गरिरहँदा उनले एमालेको राष्ट्रवादी नीति र केपी ओलीको अडानबाट प्रभावित भएको बताएका थिए ।

 



Your Comment

थप समाचार

दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

  • 31 minutes ago
दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । 

अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

  • 38 minutes ago
अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि छलफल भएको

२२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

  • 2 hours ago
२२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

एजेन्सी । अन्ततः आर्सिनी वेङ्गरको २२ वर्ष लामो आर्सनल बसाई यसै सिजनबाट अन्त्य हुने भएको छ । सन् १९९६ देखि निरन्तर रुपमा आर्सनलको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वेङ्गर आर्सनलको व्यस्थापक भएपछि १


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।