रोमाञ्चक मोडमा ला लिगा, सम्भावना कसको बढी ?

  • बिहीबार, ४ जेष्ठ, २०७४
  • 2 months ago
  • खेल

काठमाडौं, जेठ ४ । स्पेनिस ला लिगाको एक खेलमात्र बाँकी छँदा रियल मड्रिड समूहको शिर्ष स्थानमा उक्लिएको छ ।

 

गएराति सेल्टा भिगोको घरेलु मैदानमा सम्पन्न खेलमा रियलले सेल्टालाई ४–१ गोल अन्तरले हराएपछि समूहको शिर्ष स्थानमा फेरबदल भएको हो ।

 

रियलकोे जितमा क्रिस्टियानो रोनाल्डोले खेलको १० औं र ४८ औं मिनेटमा गोल गरे । खेलको ६२ औं मिनेटमा आएगो आसपास दोहोरो पँहेलो कार्डको शिकार भएपछि सेल्टा १० खेलाडीमा सिमित बन्न पुग्यो । त्यसपछि पनि सेल्टाले खेलमा आशा जगायो ६९ औं मिनेटमा जोहन गुइडेटीले गोल गरि खेल २–१ मा ल्याए तर, बाँकी समयमा सेल्टा सम्हालिन सकेन । सोही कारण ७० औं मिनेटमा रियलका लागि बेन्जेमाले गोल गरे भने ८८ मिनेटमा टोनी क्रुसले पनि गोल थपे ।

 

 

३७ खेल खेलेको रियल ९० अंकका साथ समूहको शिर्ष स्थानमा छ भने समान खेल खेलेको बार्सिलोना ८७ अंकका साथ दोस्रो स्थानमा छ । अब बार्सिलोनाले आईतबार राति घरेलु मैदानमा आईबारसँग लिगको अन्तिम खेल खेल्नेछ । यदि बार्सिलोनाले लिग जित्ने हो भने आईबारलाई जितेर मात्र पुग्दैन । त्यसको लागि आईतबार ११ः४५ बजे नै सुरु हुने मालागा र रियल बिचको खेलमा मालागाको पक्षमा नतिजा जानुपर्छ । 

 

 

रियल पछिल्लो समय उत्कृट फर्ममा रहेको छ । रियललाई लिग जित्नको लागि बराबरी नतिजा भएमात्रै पुग्छ तर, बार्सिलोनाको लागि आईबारलाई जितेर मात्र पुग्दैन रियलले प्राप्त गर्ने नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । यस अर्थमा यस सिजनको ला लिगा रोमाञ्चक मोडमा पुगेको छ ।

 

 



Your Comment

थप समाचार

बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

  • 11 minutes ago
बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

काठमाडौं, साउन ११ । कृषि क्षेत्रको लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरु उत्पादन गर्दै आएको निम्बस कम्पनीले ‘शक्ति सहयोगी हात’ कार्यक्रम अन्तर्गत बर्डफ्लुबाट क्षति बेहोरेका कृषकलाई

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

  • 41 minutes ago
सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

२६ जना सैनिक मारिए

  • 51 minutes ago
२६ जना सैनिक मारिए

कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ ।



भिडियो

hamropatro

नेपाल

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

जीवनशैली

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

विचित्र विश्व

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।