एकैपटकमा १३० जना श्रीमती भए विधवा !

एजेन्सी । १ सय ३० जना श्रीमती भएका नाइजेरियन बेलो अबबकरको मृत्यु भएको छ । १३० जना युवतीसँग विवाह गरेर चर्चामा आएका उनका २ सय ३ जना छोराछोरी रहेका छन् ।

 

नाइजेरियाका मोहम्मद बेलो अबूबकर नामका यी व्यक्तिको गत जनवरी २८ निधन भएको हो ।

 

मोहम्मदको निधन हुँदासम्म उनका कूल सन्तानको संख्या २ सय ३ थियो । तर, यो संख्या उनको निधनपश्चात् केही बढ्न सक्नेछ । किनकी मोहम्मदका केही पत्नीहरु अहिले गर्भवती छन् र निकट भविष्यमै बच्चा जन्माउनेछन् ।

 

पेशाले धर्मगुरु अर्थात् मौलवी रहेका अबू बकर बिहे गरिरहनु आफ्नो पवित्र मिसन भएको बताउँथे । आफुलाई इश्वरले बिहे गर्नकै लागि धर्तीमा पठाएको उनको दाबी थियो । कुरानको विवादित व्याख्याका लागि पनि उनी चर्चित थिए ।

 

कुनैपनि पुरुषले आफुले चाहेजति संख्यामा महिलासँग बिहे गर्न सक्छ भन्ने कुरा कुरानमा लेखिएको छ भनेर उनले दाबी गर्थे । अबूबकरका अनुसार पुरुषले कुनै दुख विनानै जतिपनि श्रीमती सम्हाल्न सक्छ उति बिहे गर्ने हक हुन्छ ।

 

उनको यस्तो क्रियाकलाप तथा भनाईका कारण अन्य मुस्लिम धर्मगुरुहरुले उनको आलोचना समेत गरेका थिए । उनका जिवित रहेका ८६ पत्नमध्ये तत्कालै ८४ जना सँग डिभोर्स गर्न समेत दबाब दिइएको थियो । तर उनी गलेनन् ।

 

पछिल्लो केही समयदेखि उनी बिरामी थिए । र अन्ततः उनको मृत्यु भएको छ । उनको अन्त्येष्टीमा ठूलो संख्यामा मानिसहरु सहभागी भए ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 2 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 2 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 2 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।