रक्सी पिउने बानी छ ? आजै छोड्नुस् नत्र मृत्युको मुखमा पुगिएला !

काठमाडौँ । कतिपय खराब कुरालाई पनि हामीले जीवनको अंग बनाएका हुन्छौँ । जुन बानीले शरीरमा गम्भीर रोग नै निम्त्याउन सक्छ । शरीरलाई असर पार्ने त्यस्तै एउटा बानी हो, नियमित मदिरा सेवन ।

 

नियमित मदिरा सेवनले शरीरमा पार्ने गम्भीर समस्याबारे न्युरोलोजिस्ट डा. अतुल तापडिया यस्तो बताउँछन् स्

 

मुखको क्यान्सर


धेरैले मदिराको असर कलेजोमा मात्र पर्न जान्छ भन्ने ठान्छन् । तर, मदिराले अन्य गम्भीर समस्या पनि निम्त्याउने गर्छ । दैनिक मदिरा सेवन गर्नाले मुखमा क्यान्सरको सेल बढ्दै जान्छ । जसले मुखमा क्यान्सर हुने खतरा बढ्दै जान्छ ।

 

घाँटीको क्यान्सर


धेरैलाई अचम्म लाग्न सक्छ, मदिराले घाँटीको क्यान्सर पनि हुन्छ । तर, यो सत्य हो । लामो समयसम्म मदिरा सेवन गर्ने बानीले घाँटीको क्यान्सर मात्र होइन, रगत बान्ता गर्ने समस्यासमेत देखिन थाल्छ ।

 

लिभर डिडिज


मदिरा सेवनले ‘लिभर डिजिज’ अर्थात् कलेजोको संक्रमण गराउँछ । कलेजोको सुरक्षाका लागि मदिरासेवन खतरनाक मानिन्छ । निरन्तर मदिरा सेवनका कारण कलेजो ड्यामेज नै
हुन सक्छ ।

 

ब्रेन स्ट्रोक


दैनिक मदिरा सेवनले शरीरको रक्तसञ्चार बिगार्छ । परिणाम ब्रेन स्ट्रोकको खतरा बढ्दै जान्छ ।

 

हर्ट डिजिज


मदिराले मुटुमा पनि असर पार्छ । ताकि मुटु मानव शरीरको अति संवेदनशील अंग हो । शरीरमा मदिराको मात्रा बढ्दै गयो भने रक्तसञ्चारको गति पनि तीव्र हुन्छ । र, हर्ट डिजिज हुनै सम्भावना अत्यन्त बढी हुन्छ ।

 

उच्च रक्तचाप


उच्च रक्तचाप गम्भीर रोग हो । उच्च रक्तचापका कारण कुन समयमा मानिस मृत्युनजिक पुग्छ भन्ने टुंगै हुँदैन । नियमित मदिरा सेवनका कारण निम्तिने अर्को रोग उच्च रक्तचाप पनि हो ।

 

यसरी असर गर्छ मदिराले

 

३० एमएल मदिरामा एक सय क्यालोरी हुन्छ । लिमिटभन्दा बढी मदिरा सेवनले क्यालोरीको मात्रा पनि बढ्दै जान्छ । यति मात्र होइन, मदिरा सेवनले ब्रेनमा डोपामाइन हर्मोन उत्पादन गर्छ ।

 

डोपामाइनले तीव्र गतिमा रक्तसञ्चार बढ्न थाल्छ । जसको कारण रक्तचापको लेभल बढ्दै जान्छ । मदिराले मुटुको कम्पनलाई समेत बढाउँछ । रगतमा असर पर्दै जाँदा रगतमा चिनीको मात्रा पनि कम हुँदै जान्छ । फलस्वरूप आँखा धमिलो हुने समस्या देखा पर्छ । शरीरमा मदिराको मात्रा बढ्दै जाँदा कार्टिसोल हर्मोनको मात्रा पनि बढ्छ र तनावलाई बढाउँदै लान्छ ।



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 2 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।