तिलस्मी [शब्द प्रयाेग]

‘तिलस्मी’ शब्द आफैँमा रहस्यमयी शब्द हो । तिल एउटा वनस्पति हो भन्ने तपाईं हामी सबैलाई थाहा छ । तिलको छोप हालेर बनाएको काँक्राको अचार, करेलाको अचार, इस्कुसको तरकारी इत्यादि ! तिललाई संस्कृत साहित्यमा पनि रहस्य सूचक वनस्पति अर्थात् अर्थका रूपमा प्रयोग गरेको पाइन्छ । तिलको पूजा–आजामा पनि प्रयोग हुन्छ । तिलानी पानीले छम्केर शुद्ध बनाउने चलन छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कवितामा ‘तिलस्मी’ शब्दको प्रयोग मेरालागि पहिलो अध्ययन थियो । यो शब्दले त्यतिबेलाको मस्तिष्क निक्कै घोचेको थियो । नेपाली गुरुलाई निक्कै हैरान लगाएको सम्झना छ । यो शब्दको अर्थ आधिकारिक रूपमा प्रकाशित गर्ने संस्था नेपाल प्रज्ञा प्रतिष्ठान बाट जस्ताको तस्तै ‘असम्भव घटना वा अनपत्यार कामकुरा भएको, जादुगरी वा चटकजस्तो ।’


देवकोटाले भने -


‘छुन्छ तिलस्मी करले उसले
सेवक हरूको माथ ।’


जादु भनेको आँखाको भ्रम हो । चटक हो । तिलस्मी भनेको चटक नभए पनि भ्रम केही हदसम्म हो, पुरै होइन । तिल भित्र रहेको तेल नाङ्गो आँखाले देखिन्न । पेलेर तेल निकाल्न सकिन्छ । एउटा समयमा त्यहीँ भएको कुरो समेत अर्को प्रक्रिया अवलम्बन नगर्दा त्यो गुण उत्पन्न नहुनु ‘तिलस्मी’ हुन्छ । तिलमा भएको तेल पेलेर निकाल्नु । तिल् र अस्मी भएर तिलस्मी बन्छ । तिलमा ‘अस्मी’रहेको तेल । त्यो नै तिलस्मी हुन्छ । राहुल साँकृत्यायनले पनि तिलस्मी शब्दको प्रयोग गरेका छन् । जबजब यो शब्द देखिन्छ, एक तमासको अलग्गै अनुभूति अनुभव गर्ने गर्दछु म । यो मेरो नितान्त व्यक्तिगत अनुभव हो । कुनै शब्दले कसैको अन्तस्करणमा प्रभाव पार्दछ, त्यो व्यक्ति अनुसार फरक पर्दछ । तिलस्मी शब्द मेरा लागी त्यस्तै शब्द हो । यहाँ आज चर्चा गर्न खोजिएको ‘तिलस्मी’ भनेको तपाईं हामी भित्र लुकेर रहेको सुख, खुशी र आनन्दको हो ।


समय :


संसार सुखमय छ कि दुःखमय छ भन्ने बहस कहिल्यै सकिन्न । यो दृष्टिकोण हो । समय सुदर्शन चक्र हो । चल्छ । रोकिन्न । कसैका लागी एकै पल पनि रोकिन्न । समय बराबर चल्छ । यसको काम नयाँ सजाउने, भएको थोत्र्याउने, थोत्रिएको मार्ने चक्र निरन्तर चलाउनु हो । अंग्रेजी भाषाका कवि थोमस ग्रे ले भने ‘आज फूल मुस्कुराउँछ, भोलि मर्छ’ । मुस्कान सधैँ रहँदैन । परिवर्तन समयको बिकार अर्थात परिणाम हो । जहाँ समय छ, त्यहाँ परिवर्तन छ । हामी त्यही समय भित्र छौं । त्यो निष्ठुर समय आज हामीलाई शिशु बनाउँछ, बालक, यौवन, युवा अनि बृद्ध ! अब डाँडाको जुन । डुब्न कत्तिबेर पनि लाग्दैन । समय ।


माया :


भ्रम । यथार्थको भ्रम माया हो । अचम्म छ । यथार्थको पनि कहीं भ्रम हुन्छ ? अब हेर्नुस् कैसे ! संसार परिवर्तनशील छ । सबै परिवर्तन हुन्छ । हाम्रा आफन्त छन् । कोही हामी भन्दा बुढा छन्, कोही जवान । कोही मर्नै लागेका होलान् ! को कतिबेला मर्छ भन्ने कसलाई के थाहा ? तपाईं पहिले कि म पहिने ? अगले के हुन्छ कसैलाई थाहा छैन । तर पनि हामी १५र२० बर्ष पछी सेवा निवृत्त (रिटायर) भएर के गर्ने भन्दा भन्दै अहिल्यै ‘टायर’ हुन्छौं । यो यथार्थको भ्रम हो । यो नै माया हो । यक्षले युधिष्ठिरलाई सोधे रे ‘तिमीलाई के अचम्म लाग्छ ?’ भनेर । धर्मराज युधिष्ठिरले जवाफ दिएछन्, ‘लास पोल्दै छन, कोहि रुँदै छन् ! पोल्ने र रुने दुबैले सोच्छन यो मर्यो तर म मर्दिन !’ यक्ष प्रसन्न भए रे । हाम्रो पनि त्यै हो । अर्को मर्यो, म मर्दिन । यो नै माया हो । यो नै यथार्थको भ्रम हो । ओशोका भाषामा– ‘मान्छे ‘वेदान्त’ को चर्चा गर्दा गर्दै ‘वेदन्त’ (दाँत नभएको) हुन्छ र पनि चर्चा सकिन्न !’ यो नै यथार्थको भ्रम हो ।

 

आफू खुशी र तृप्त भावले भोग गर्नु भनेकै संसारबाट सुख, खुशी र आनन्द हासिल गर्नु हो । बस्तुमा न सुख छ, न दुःख । त्यो त हामी भित्रको अनुभव मात्रै हो ।

 


संसार :

संसारको बनावट नरिवल फल जस्तो छ । फल त छ तर निकाल्न नजान्नेका लागि केहि छैन ! हुँदैन । निकाल्न जान्नेले त्यो बहुगुणमयी फल भोग गर्दछन । नजान्ने त्यत्तिकै आफल–ताफल गरेर नरिवलको भारी बोकेर थाक्छन । पहिले फल हो भन्ने पत्याउन नै गाह्रो । जटा ताछ्यो, झन् कडा बोक्रो आउँछ । फुटाउन नै गाह्रो । अब फुटाएर मात्रै भएन, त्यहाँ बाट गुदी कोट्याएर निकाल्न गाह्रो । फल भोग्न सजिलो छैन । कला चाहिन्छ । नरिवल । संसार पनि त्यस्तै तिलस्मी छ । रामकृष्ण परमहंसका भाषामा जे हो त्यो देखिन्न, जो होइन त्यशी देखिन्छ ।

 

तिलस्मी :

संसार (नरिवल)का खोष्टा, जटा र कडा काठ समेत फ्याँके पछी रहन्छ शुद्ध नरिवल । यहाँ सम्मको प्रक्रिया तिलस्मी हुन्छ । आफ्नो अलग्गै अस्तित्व स्वीकार्नु नरिवल हो । नरिवल फल भए पनि स्याऊ, अंगुर जस्तो सोझै खान मिल्दैन । होस् पु¥याएर काम गर्नु पर्छ । जतन गरेर निकाल्नु पर्छ । कडा प्रहार, जतन संग ! कस्तो बिचित्रको संयोग हुन्छ यहाँ ‘जोर से मारो मगर प्यार से’ ! हामी तिलस्मी जनावर हौँ । घोडा जन्मिने बित्तिकै घोडा नै हुन्छ । गाई पनि गार्इ नै हुन्छ । मान्छेले मान्छे हुन धेरै कुरा सिक्नुपर्छ । यो नरिवलकै प्रतीक हो । हाम्रा हरेक क्रियाकलाप उद्देश्य लक्षित हुन्छन । उद्देश्य नभएको काम त्यत्ति रोचक हुँदैन । खाना खाँदा समेत ‘बाँच्ने’ उद्देश्य हुन्छ । यो साधारण प्रक्रिया भन्दा केही बाहिर निस्किएर एकैछिन हेरौं ।


ज्ञानेन्द्रीयले सँधै सहि सन्देश दिंदैनन् । आकाश नीलो देखिन्छ, वास्तवमा त्यहाँ नीलो कुनै वस्तु हुँदैन ! समुद्र पनि निलै देखिन्छ । यो भ्रम हो । झुठो सन्देश । अमला खाने बित्तिकै पानी पिउँदा गुलीयो स्वाद आउँछ । यो अर्को झुठो सन्देश हो । स्पर्स, गन्ध र शब्दको भ्रम त झन् कति हो कति ! अब देखेको र सुनेको कुरो कसरी नपत्याउनु ? यहाँ हामीलाई ‘नरिवलको जटा’ले मात खुवाउँछ । जटा भित्र फल छैन ! संसार अनुभव हो । हरेक वस्तु अनुकुल र प्रतिकुलको हाम्रो दृष्टिकोणमा निर्भर हुन्छन । आफूलाई अनुकुल भए सुख, प्रतिकुल भए दुःख ! यो नै साधारण मापदण्ड हो सुख र दुःखको । तर यो जटा मात्रै हो । यदि धैर्यपूर्वक हेर्याे भने वस्तुमा न सुख छ, न दुःख नै । जब सुख र दुःखको भेद सकिन्छ अनि एक तमासको खुशी र आनन्द मात्रै बाँकी रहन्छ । जब निकास छैन भने त्यसलाई हात–पाऊ मारेर जुध्नुको कुनै अर्थ छैन । एउटा उदाहरण हेरौं-


काठको टुक्रो पानीमा उत्रनलाई उसले कुनै बल लगाउनु पर्दैन । आफैं उत्रिन्छ । सिकारु मान्छे पौडी खेल्न निक्कै हात–पाऊ मार्नु पर्छ । सिपालु मान्छे न्युनतम प्रयासले पनि पानीमा आनन्दले तैरिन्छ । यो कला हो ।


यो नै संसार जिउने कला हो । सत्यनारायण गोयन्का (बिपस्याना ध्यान केन्द्रका संस्थापक) का भनाईमा धर्म जीवन जिउने कला हो, संसार सुखमय बनाउनु नै कला हो ।


उपलब्ध बिषयमा आफू खुशी र तृप्त भावले भोग गर्नु भनेकै संसारबाट सुख, खुशी र आनन्द हासिल गर्नु हो । बस्तुमा न सुख छ, न दुःख । त्यो त हामी भित्रको अनुभव मात्रै हो । यहि अनुभव निरन्तर मन्थन गरेर नरिवलको जटा–काठ इत्यादि छुट्याएको जस्तो छुट्याएर लाने अभ्यास गर्दा हाम्रो ‘तिलस्मी’ गुण आनन्द आफैं उजागर हुन्छ । खुशी आफैं होईन्छ । बाह्य वस्तुमा न खुशी छ, न सुख छ न त आनन्द नै ! यो आफू भित्रै लुकेको छ । निरन्तरको अभ्यासले यो उजागर हुन्छ । अभ्यास नै यसको साँचो हो, यसैले आफ्नो आनन्द खुल्छ ।


अभ्यास :


खप्तड बाबाको एउटा अभ्यास सापटी लिएर यो प्रसंग टुंग्याउँछु । एउटा कागजमा ठूलो ‘त्’लेखौं । एकातिर ‘म’ लेखौं । अर्को तिर ‘मेरो’ लेखौं । यो ‘म’खोज्ने अभ्यास हो । अब हाम्रो शरीर लगायत संसारमा भएका सबै वस्तुबाट ‘म’ निकाल्ने कोसिस गरौँ ।


मेरो : मेरो हात, मेरो खुट्टो, मेरो नाक, मेरो कपाल, मेरो मुटु, मेरो फोक्सो, मेरो दिमाग, मेरो मन, मेरो बुद्धि, मेरो खेत, मेरो भैंसी... निरन्तर मेरो ! लेख्दै जानुहोस् । मेरो सबै मेरो हुन्छ । तर ‘म’ कहिल्यै फेला पर्दैन ।


उपाय :


यो हुँदै नभएको ‘म’ को अहङ्कार स्थापित गर्न किन यत्रो लडाईं ? के को माथा फोराई ? यै शरीर एकैछिनमा लड्छ । मर्छ । हुँदै नभएको ‘म’लाई किन यत्रो प्राथमिकता ? प्रश्न आफैं उत्तर बनेर आउँने छन् । अभ्यास गर्नु होला । यो नै ‘तिलस्मी’ हो । तिलको तेल निकाल्ने प्रक्रिया हो । सुखको खोज हो । आनन्दको अभ्यास हो । अब फेरि भन्नुहोस्-

 

चुम्दछ इश्वर काम सुनौला
गरिरहेको हात,
छुन्छ तिलस्मी करले उसले
सेवकहरुको माथ !
कुन मन्दिरमा जान्छौ यात्री ...!


अभ्यास गर्नुहोस्, यो तिलस्मी हात पहिल्याउनुहोस् र आनन्दित हुनुहोस् भन्ने कामना सहित धर्मो रक्षति रक्षितः ।

 



    Your Comment

    Loading...

    भिडियो


    Related Post

    यस कारण आएन अाेली-माेदीकाे संयुक्त विज्ञप्ति

    • 1 year ago
    यस कारण आएन अाेली-माेदीकाे संयुक्त विज्ञप्ति

    काठमाडौं, फागुन १३ । प्रधानमन्त्रीको हरेक भारत भ्रमणमा संयुक्त वक्तव्य जारी गर्ने परम्परा यसपटक तोडिएको छ । नयाँ संविधानको व्याख्यामा साझा शब्द राख्न भारतले नसक्दा र दुई देशबीचको असमझदारी हटेको भन्ने

    अन्तर्राष्ट्रिय वर्ष शब्द- ‘पोष्ट-ट्रुथ’ भनेको के हो ? (भिडियाे सहित)

    • 5 months ago
    अन्तर्राष्ट्रिय वर्ष शब्द- ‘पोष्ट-ट्रुथ’ भनेको के हो ? (भिडियाे सहित)

    गत एक वर्षमा देखिएका उत्तेजनात्मक राजनीतिक घटनाक्रमको प्रतिविम्वका रुपमा अक्सफोर्ड शब्दकोषले ‘पोष्ट-ट्रुथ’ अथवा ‘उत्तर-सत्य’लाई सन् २०१६ को अन्तर्राष्ट्रिय वर्ष-शब्द घोषणा गरेक

    एकहत्तर वर्षको उमेरसम्म दिसा–पिसाब बाहिरै

    • 1 year ago
    एकहत्तर वर्षको उमेरसम्म दिसा–पिसाब बाहिरै

    मोरङ । जीवनमा थुप्रै उतार चढाव अाए तर अहिलेसम्म दिसा–पिसाब गर्दा चर्पी प्रयाेग गरेकाे अनुभव छैन,तर अहिले भने चर्पीमा दिसा पिसाब गर्दाकाे अनुभव लिन अातुर छाैं

    hamropatro


    नेपाल

    एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

    एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

    धनगढी, वैशाख १० । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ ।

     

    सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताए । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो”, डङ्गोलले भने, “डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा छ ।”

    जीवनशैली

    डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

    डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

    शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।