पाकिस्तानका नागरिक दक्षिण एसियामै खुसी, नेपालीहरु कतिऔं स्थानमा ?

काठमाडौं, चैत ७ । पाकिस्तानका नागरिक दक्षिण एसियामै सबैभन्दा खुसी रहेको तथ्यांकले देखाएको छ ।

 

सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले सार्वजनिक गरेको खुसीसम्बन्धी विश्व प्रतिवेदन २०१७ मा पाकिस्तान दक्षिण एसियामा सबैभन्दा खुसी मुलुकको सूचीमा पर्न सफल भएको हो ।



पाकिस्तान सूचीको ८० औं स्थानमा पर्न सफल भएको छ ।

 

यसअघि सबैभन्दा खुसी राष्ट्रको सूचीमा दक्षिण एसियाबाट पहिलो स्थानमा पर्न सफल भुटान भने यसपटक दोस्रो स्थानमा पर्न सफल भएको छ ।

 

भुटान सूचीको ९७ औं स्थानमा रहेको छ भने नेपाल भुटानभन्दा केही नम्बर पछि मात्र रहेको छ ।

 

सूचीमा  १ सय १० औँ स्थानमा रहेको बंगलादेश दक्षिण एशियामा चौथो, १ सय २० औँ स्थानमा रहँदै श्रीलंका पाँचौ र १ सय २२ औँ स्थानमा रहँदै भारत दक्षिण एशियामा छैठौँ स्थानमा रहेकाे छ ।

 

कुल १५५ राष्ट्रहरुमा गरिएको अध्ययन प्रतिवेदनमा पाकिस्तान दक्षिण एसियाको सबैभन्दा खुसी राष्ट्रको सूचीमा सुचीकृत भएको हो ।

 

नेपाल कतिऔं स्थानमा ?

 

यसपटक नेपाल दक्षिण एसियाको तेस्रो खुसी मुलुकमा सूचीकृत भएको छ ।

 

यसअघि १ सय ७ औं स्थानमा रहेको नेपाल यसपटक भने ८ स्थान माथी उक्लदै दक्षिण एसियाको तेस्रो खुसी मुलुकको सूचीमा सूचीकृत हुन सफल भएको हो । नेपाल यसपटक खुशी राष्ट्रहरूकाे ९९ अाैं स्थानमा पनर् सफल भएकाे हाे ।

 

कुल ग्राहस्थ उत्पादन, सामाजिक साहयता, औसत आयु, भ्रष्टाचार लगायतका विषयलाई आधार बनाई खुसी मापन गरिएको छ । 

 

नर्वे संसारकै सबैभन्दा खुसी राष्ट्र

 

यसपटक युरोपियन मुलुक नर्वे सबैभन्दा खुसी राष्ट्र बन्न सफल भएको छ ।

 

नर्वेले डेनमार्कलाई पछि पार्दै संसारकै सबैभन्दा खुसी राष्ट्र बन्न सफल भएको हो ।

 

सूचिमा नर्वेपछि डेनमार्क, आइसल्याण्ड, स्वीजरल्याण्ड, फिनल्याण्ड, नेदरल्याण्ड्स, क्यानडा, न्युजिल्याण्ड, अष्ट्रेलिया र स्वीडेन पहिलो १० राष्ट्रको सूचीमा पर्न सफल भएका छन् ।

 

त्यस्तै विकसित मश्चिमा मुलुकहरु अमेरिका, जर्मनी, बेलायत र फ्रान्स क्रमस १४ औँ, १६ औं,१९ औँ र ३१ औँ स्थानमा छन् ।

 

त्यस्तै सेन्ट्रल अफ्रिकन रिपब्लिक, बुरुण्डी, तान्जेनिया, सिरिया सूचीको अन्तिममा छन् ।

 

 



Your Comment

थप समाचार

दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

  • 11 minutes ago
दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ ।

“हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

  • 17 minutes ago
“हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अ

लागुऔषधसहित तीन जना पक्राउ

  • 24 minutes ago
लागुऔषधसहित तीन जना पक्राउ

राजविराज, फागुन ६ । ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

“हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

“हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताए ।

जीवनशैली

दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ ।