यी हुन् युट्युबबाट सर्वाधिक कमाइ गर्ने व्यक्तिहरु, थाहा पाउनुहोस् कति गर्छन् कमाइ

काठमाडौं । धेरैले युट्युबलाई भिडियो हेर्ने मनोरञ्जनात्मक साइटको रुपमा मात्रै लिने गरेका छन् । तर केही यस्ता व्यक्तिहरु पनि छन् जसले आफ्नो सिर्जनात्मक भिडियोहरु यूट्युबमा पोस्ट गरेर नाम र दाम दुवै कमाएका छन् । यूट्युबबाट वर्षमा लाख मात्रै होइन करोडौं कमाउनेहरु पनि छन् ।


विश्वका धनिहरुको सूची सार्वजनिक गर्ने फोब्र्स पत्रिकाले यस वर्ष यूट्युबमा धेरै कमाउने युट्युबरहरुको सूचि सार्वजनिक गरेको छ । यो सूचिमा र्यापर, प्य्राङ्कस्टर, गेमर आदि छन् ।


यी हुन सन् २०१६ मा यूट्युबबाट सबैभन्दा बढि कमाउने चर्चित यूट्युबरः


१०. कुलेन बालिङ्गर


यूट्युबमा कमेडी भिडियोहरु बनाएर कुलेनले यो वर्ष पचास करोड रुपैंयाँभन्दा बढी कमाएकी छन् । अल्टर इगो, मिरान्डा सिङ्गस, आदिको कारणले चर्चित कुलेनले यो वर्ष सेल्फ हेल्प नामको टुर समेत गरेकी छन् ।


९.ऋत र लिङ्क


ऋत र लिङ्कको जोडीले पनि यो वर्ष ५० करोड रुपैंया भन्दा बढी कमाएको छ । ‘गुड मिथिकल मर्निङ’ नामको टक–शोबाट उनीहरुले उक्त रकम कमाएका हुन ।


८. जर्मन गारमेन्डिया


यो वर्ष ६० करोड रुपैंया भन्दा बढी कमाएका ल्याटिन अमेरिकाको सबैभन्दा चर्चित युट्युवर हुन जर्मन गारमेन्डिया । यूट्युबमा यी कमेडियन र संगितकारको ४८ मिलियन सब्सक्राइबर छन् । उनी यो लिस्टमा सबैभन्दा कान्छो उमेरका छन् ।


७. मार्किप्लायर


वास्तविक नाम मार्क एडवार्ड फिसब्याक भएका अमेरिकी भिडियो गेमर मार्किप्लायरले यो वर्ष यूट्युबबाटै ६० करोड रुपैंयाभन्दा बढी कमाएका छन् । साथै उनले एक वर्षकै छोटो अवधिमा १५.७ मिलियन सब्सक्राइबर पनि बनाएका छन् ।


६. टायलर ओकले


अमेरिकी समलिङ्गी अधिकारकर्मी तथा चर्चित यूट्युबर टाइलर ओकले यो सूचीमा नवप्रवेशी हुन । उनले यो वर्ष यूट्युबबाट करिब ६५ करोड रुपैंयाँ कमाएका छन् ।


५. रोसाना पानसिनो


अमेरिकी बेकर तथा अभिनेत्री रोसाना पानसिनाले यो वर्ष यूट्युबबाट करिब ६५ करोड रुपैंया कमाएकी छन् । उनको नर्डी नम्मीज नामको च्यानल छ जहाँ उनले बेकीङ सो चलाँउछिन ।


४. स्मोस


एन्थोनी पाडिल्ला र इयान हेकोक्स युट्युबका अग्रणी यूट्युबरहरु हुन । उनीहरुले सन् २००५ देखी नै कमेडी च्यानल स्मोस सुरु गरेका थिए । उनीहरुले अहिले सातवटा च्यानलहरु चलाँउछन् । उनीहरुले यो वर्ष यूट्युबबाटै करिब ७५ करोड रुपैंया कमाएका छन् ।


३. लिली सिंह


क्यानडामा जन्मिएकी भारतीय मुलकी र्यापर तथा यूट्युबर लिलीले यो वर्ष मात्रै करिब ८० करोड रुपैंया कमाएकी छन् । उनी उनको च्यानल सुपरवुमन नामले चर्चित छिन् ।


२. रोमन एटवुड


रोमनका हाँसोलाग्दा स्टन्टहरुले धेरै दर्शकहरुलाई आकषिर्त गरेका छन् । जसले उनको कमाई करिब ७० प्रतिशतले बढेको छ । उनले यो वर्ष यूट्युबबाटै करिब ८६ करोड रुपैंया कमाएका छन् ।


१.प्यु डाइ पाइ


यो वर्ष मात्रै १ अर्ब साठी करोड रुपैंयाँभन्दा बढि कमाएका उनको च्यानलमा ५० मिलियन सब्सक्राइबर छन् । वास्तविक नाम फेलिक्स अर्भिद उल्फ जेलबर्ग भएका यी स्विडिसले युट्युब स्टारले गेमहरु खेलेर र विभिन्न मनोरन्जनात्मक भिडियोहरु बनाएर पैसा कमाउँछन ।

 

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।