Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठUKअर्थमन्त्री महत लण्डनमा

अर्थमन्त्री महत लण्डनमा


लण्डन। अर्थमन्त्री प्रकाशशरण महत लण्डन आइपुगेका छन्। मन्त्री महत लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन शनिबार साँझ लण्डन आइपुगेका हुन्।

हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रिँदा मन्त्री महतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र काँग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीले स्वागत गरेका थिए। मन्त्री महतका साथ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी छन्।

मंगलबार दिउँसो लण्डन म्यान्सन हाउसमा इमर्जिङ नेपालः अपरचुनिटिज फर इम्प्याक्ट इन्भेस्टमेन्ट एन्ड ट्रेड विषयक सम्मेलन हुँदैछ। बेलायत सरकारसँगको समन्वयमा दूतावासले लगानी सम्मेलन गर्न लागेको हो।

मन्त्री महतले सम्मेलनका क्रममा ब्रिटिस लगानीकर्ता र विकास साझेदार कम्पनीहरूसमक्ष नेपालमा लगानीको वातावरण, कानुनी व्यवस्था, सरकारका प्रस्ताव र लगानीका सम्भावित क्षेत्र आदिबारे प्रस्तुति दिनेछन्।

‘सम्मेलनको मुख्य उद्देश्य नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउने वातावरण बनाउनु नै हो, मन्त्री महतले भने, ‘गैरआवासीय नेपालीलाई पनि नेपालमा लगानी गर्न अहिले सहज परिस्थिति छ। संविधानले नै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिएकाले उहाँहरूले अप्ठेरो मान्नु पर्ने अवस्था छैन।’ महतले ब्रिटिस मन्त्रीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको बताए। उनी १ नोभेम्बरमा नेपाल फर्कने कार्यक्रम छ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले नेपालमा हाइड्रोपावर, पर्यटन जस्ता क्षेत्रमा लगानीको सम्भावना र अवसर धेरै रहेको बताए।

यसैबीच, मन्त्री महतको सम्मानमा राजदूतावास र जनसम्पर्क समिति बेलायतले क्रमशः सोमबार र आइतबार बेग्लाबेग्लै कार्यक्रम गर्ने भएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT