युवा सङ्घमा चर्कियो विवाद, असन्तुष्ट समूहबाट छुट्टै महाधिवेशन गर्ने चेतावनी

काठमाडौँ, फागुन ५ । युवा सङ्घ नेपालले सङ्घ र पार्टी नेतृत्वलाई पार्टीको विधान र नियमावली बमोजिम सङ्घ सञ्चालन गर्न माग गरेको छ ।

 

सङ्घका उपाध्यक्ष दिलकुमारी पन्तले सङ्गठनको आन्तरिक विवादलाई न्यूनीकरण गरी एकता सुदृढ गर्न विधानानुसार सङ्घ सञ्चालन गर्नुपर्ने बताइन । निर्धारित समयमा सङ्घको महाधिवेशन गर्न नसक्ने समूहलाई गुटका आधारमा सङ्घ सञ्चालन गर्न दिन नहुने बताउँदै उनले नियमावली विपरीत गठित अन्तर जिल्ला कमिटी विधान विपरीत रहेकाले त्यसको छानबिन गर्न माग गरिन ।

 

सङ्घका सचिव नरेशकुमार शाहीले पार्टी विधानानुसार जनसङ्गठनलाई पार्टीले प्रत्यक्ष रुपमा नेतृत्व गर्ने सम्पर्क मञ्च र कमिटी गठन गर्न प्रतिबन्ध गरेका अवस्थामा सो विधान प्रतिकूल हुने क्रियाकलाप विपरीत प्रोत्साहन दिने कार्य केही गुट तथा समूहले गरेको जनाउँदै त्यसको अन्त्य गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

 

एक साताभित्र सो प्रक्रिया नसच्याएमा आगामी वैशाख ९ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आयोजना गरिने चेतावनी दिइएको छ । सङ्घका अध्यक्ष राजीव पहारी नेतृत्वको अर्को समूहले पनि सोही समयमा मकवानपुरमा अधिवेशन गर्नका लागि तयारी सुरु गरेको छ । रासस



    Your Comment

    थप समाचार

    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    • 1 minute ago
    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    यहि २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    • 4 hours ago
    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    • 4 hours ago
    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    जीवनशैली

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।