दरवारमार्गमा खुल्यो मल्टिब्रान्डेड स्टोर जाम्बाला, नाफा जति सामाजिक सेवामा !

  • बुधबार, ११ फागुन, २०७३
  • 9 months ago
  • अर्थ


काठमाडौं, फागुन ११ । काठमाडौंको दरवारमार्गमा रहेको क्यापिटल बिल्डिङमा एक्सक्लुसिभ ब्रान्डेड फेसन स्टोर ‘जाम्बाला एक्सपोर्ट एण्ड इम्पोर्ट’ प्रालि’ खुलेको छ ।

 

१४ सय स्क्वायर फिटमा फैलिएको आकर्षक शोरुममा अन्तराष्ट्रिय ख्यातिप्राप्त लक्जरी ब्रान्डहरुको सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।


नेपालमै उच्चस्तरिय फेसन ब्राण्डका प्रोडक्टहरु चाहने उच्च वर्गका ग्राहकहरुलाई लक्षित गरेर शोरुम सञ्चालन गरिएको हो । यो स्टोरमा उच्च गुणस्तरका कपडा, ब्याग, जुत्ता, ह्याण्डब्याग, वालेट, पेटी लगाएतका सामानहरु पाइन्छ ।

 

 


शोरुमका प्रबन्धक पवन गुरुका अनुसार जाम्बाला एस्पोर्ट इम्पोर्ट प्रा.लि. एक गैर नाफामुलक संस्था हो जसले उच्च गुणस्तरिय ब्रान्डेड सामानहरु मात्रै बिक्रि वितरण गर्ने गर्छ । यसको संचालन र व्यवस्थापन कर्मा लेक्सेलि इन्ष्टिच्युसनले गर्ने गरेको छ । उनका अनुसार शोरुमबाट गरिएको शतप्रतिशत नाफा हिमाली क्षेत्रमा सहयोगको आवश्यकता रहेका बालबालिकाहरुको शिक्षा र स्वास्थको लागि खर्च गरिन्छ ।


स्टोरमा अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्रान्डहरु च्यानेल, लुइस भुइटोन, प्राडा, गुच्ची, फेरागामो, हम्र्स, बोटेगा भेनेटा, अर्मानी, वाइएसएल लगाएतका उच्च गुणस्तरका सामानहरु पाइन्छन् । शोरुममा महिला र पुरुष दुवैको सामानहरु लागि उपलब्ध छन् ।


शोरुमलाई काठमाडौं का एक पुर्ण उच्च स्तरीय सपिङ गन्तव्यको रुपमा विकास गर्दै सम्पुर्ण ब्रान्डेड कलेक्सनहरु एकै छाना मुनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।


जाम्बाला स्टोरले फेसनलाई एक परिस्कृत रुपमा मानिसको जीवनसम्म ल्याँउदै एक आकर्षक व्यक्तित्व र स्टाइल प्रदान गर्ने बताउँदै प्रवन्धक गुरुङले भने, ‘यदि तपाई स्टोर सम्म पुग्नुभएको छैन् भने एक चोटी आएर चेक गर्नुहोस अनि तपाईले हाम्रा सामानहरु साँच्चै मन पराउनुहुनेछ ।’

 

 



Your Comment

थप समाचार

 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

  • 20 minutes ago
 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

लण्डन । बेलायतबाट डिग्री पूरा गरी विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट इन्टरप्रेनर्स नेप्लिज सोसाइटी (जेन्स) यूकेको वार्षिक सम्मेलन सम्पन्न भएको छ ।

बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

  • 35 minutes ago
बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

लन्डन । बेलायतको वकिंगस्थित ग्रेसट भिलेजमा अवस्थित नेपालीद्वारा सञ्चालित इण्डियन रेष्टुरेन्ट द बे लिफ यस वर्ष ब्रिटिस करी अवार्डसको फाइनलिष्टमा पर्न सफल भएको छ ।

वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

  • 39 minutes ago
वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

काठमाडौं, मंसिर २७ । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले डिसेम्बर १३ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेत


Loading...

भिडियो

hamropatro

नेपाल

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

काठमाडौँ, मंसिर २७ । अमेरिकामा नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका थिए ।

जीवनशैली

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

बिबिसी । अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।