ट्रम्पद्वारा वार्ताबारे उत्तर कोरियाको प्रतिक्रिया ‘सकारात्मक’

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले किमसँग सिङ्गापुरमा गर्ने भनेको शिखर सम्मेलन तत्कालका लागि स्थगित गर्ने निर्णयसहितको पत्रबारे शुक्रबार उत्तर कोरियाद्वारा दिएको प्रतिक्रिया ‘सकारात्मक’ रहेको भन्दै यसको स्वागत गरेका छन् । 

 

किमलाई बिहीबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरिएको जानकारी गराएका थिए । 

 

उत्तर कोरियाको प्रशासनले अमेरिकासँग शत्रुतापूर्ण व्यवहार नत्यागेकाले शिखर वार्ता स्थगित गर्नु परेको ट्रम्पले पत्रमा उल्लेख गरेका बताइएको थियो । 

 

उत्तर कोरियाली प्रशासन अझै पनि कुनै समयमा सम्वाद गर्न तयार रहेको जवाफ दिएको ट्रम्पले ट्वीटर सन्देशमा बताएका छन् । 

 

उत्तर कोरियाबाट न्यानो तथा सकारात्मक जवाफ आउनु धेरै राम्रो समाचार हो, ट्रम्पले ट्वीटर सन्देशमा उल्लेख गरेका छन् । 

 

ट्रम्पले भनेका छन्, “हामीले छिट्टै लामो समयदेखि पर्खिराखेको शान्ति र सम्वृद्धिका लागि सम्वादको दिनलाई स्वागत गर्न पाऔँ । तर यसको समय र कौशलताले बताउने छ ।” 


थप समाचार

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

  • 2 hours ago
सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

  • 2 hours ago
चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

बनेपा । नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्त

बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

  • 2 hours ago
बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

लण्डन । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।