किमसँगको सम्मेलन जुन १२ मा हुने सम्भावन अझै छ :ट्रम्प

वासिङटन । उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अझै  पनि जुन १२ मा नै पनि हुनसक्ने बताएका छन् । 

 

 

यो जुन १२ नै हुनसक्छ । हामी उनीहरूसँग कुराकानी गरेका छौँ, ट्रम्पले ह्वाइट हाउसमा एक समारोहकाबीच बताए । 

 

 

उनीहरू  उत्तर कोरियालीहरू सम्वादका लागि धेरै इच्छुक देखिएका छन् । हामी पनि यस बिषयमा सकारात्मक नै छौँ । हेरौँ, के हुन्छ । 

 

 

ट्रम्पले एक दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अवरुद्ध भएको बताएका थिए । अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो । 

 

 

बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु ।” 

 

 

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेका थिए भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’ को संज्ञा दिएको थियो । 

 

 

 

ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको थियो । तर उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने बिषयमा कुरा भएको बुझिएको छ । 


थप समाचार

मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

  • 14 minutes ago
मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । मेलमिलाप कार्यलाई थप प्रभावाकारी बनाउन मेलमिलापकर्ताहरुको दोश्रो राष्ट्रिय सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा एक प्रदेशबाट तीन जना उपप्रमुख/उपाध्यक्ष रहनेग

मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

  • 20 minutes ago
मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

काठमाडौँ । एफएम सञ्चालनका लागि निर्माण गरेको कानून बुझाउन सञ्चार सूचना तथा प्रविधि मन्त्रालायले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायबाट सातसय ५३ वटै स्थानीय तह

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

  • 31 minutes ago
जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

चर्चित गीतकार तथा फिल्मकार जाबेद अख्तर लोकसभा निर्वाचनमा बेगूसरायबाट उम्मेदवार बनेका युवा नेता कन्हैया कुमारको चुनावी सभामा सहभागी भए । सभामा उनले कन्हैयालाई जिताउन जरुरी रहेको भन्दै बेगूसरायका मतदाता



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।