IIMS College

ISMT

HUB Education

एप्पललाई ट्रम्पको यस्तो चेतावनी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वासिङ्टन । अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । 

 

राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत जारी सन्देशमा भनिएको छ, “यदि एप्पलले चीनमा बनाएका ‘म्याक प्रो’ को सामानमा छुट मागेमा उसमाथि लाग्ने सेवा शुल्कमा कुनै छुट दिइने छैन । त्यो छुट र सेवा पाउनको लागि एप्पलका लागि प्रयोग गरिने सामानको उत्पादन अमेरिकामै हुनुपर्छ ।”

 

अमेरिकी राष्ट्रपतिले एप्पललाई म्याक प्रोको पार्ट्स चीनमा बनाएमा आयातमा कुनै पनि छुट नदिइने र नमाने परिणाम आयातमा बन्देज लगाउने चेतावनी दिएका हुन् । 

 

चीन र अमेरिकाबीच गत बर्षदेखि चलेको व्यापार विवादका कारण कतिपय बहुराष्ट्रिय कम्पनीको कारोबारमा समस्या हुने गरेको छ ।

 

तर गत महिना जापानमा अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच वार्तापछि व्यापार विवादलाई अन्त्य गर्न यस अघि जारी रहेको चिनियाँ तथा अमेरिकी प्रतिनिधिमण्डलको वार्तालाई निरन्तरता दिने सहमति भएको थियो । 

 


थप समाचार

गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम

  • 3 minutes ago
गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम

एजेन्सी । पछिल्लो समय अमेरिकामा गएर बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । तर, अब यो क्रमलाई रोक्न अमेरिकाले नयाँ नियम बनाउने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका ज

पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

  • 8 minutes ago
पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित निःशुल्क मुटु रोग परीक्षण शिविरमा ४०० बढीको उपचार गरिएको छ । पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्

महिला गर्भवती भए १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

  • 13 minutes ago
महिला गर्भवती भए १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

दमक । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे ग



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित निःशुल्क मुटु रोग परीक्षण शिविरमा ४०० बढीको उपचार गरिएको छ । पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४०२ जनाले स्वास्थ्य लाभ लिएका हुन् ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।