IIMS College

ISMT

HUB Education

सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गरेका छन् । 

 

उनले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि चार प्रतिशतसम्म सुरक्षा खर्चमा बृद्धि गर्न आग्रह गरेका हुन् । 

 

ब्रसेल्समा मङ्गलबारदेखि नेटो गठबन्धन राष्ट्रहरुको बैठक जारी रहेको छ । सोही क्रममा उनले अहिलेो रकममा भारी मात्रामा बृद्धि गरेर यो रकम छुट्याउन आह्वान गरेको ब्रसेल्सबाट प्राप्त भएको समाचारमा जनाइएको छ । 

 

हाल हरेक देशले आफ्नो देशको कुल ग्राहस्थ्य उत्पादनको करिब २ प्रतिशत मात्र बजेट छुट्याउने गरेका छन् । यसमा अहिलेको लक्षित बजेटको दोब्बर बनाउन राष्ट्रपति ट्रम्पले आह्वान गरेको प्राप्त सो समाचारमा जनाइएको हो । 

 

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाका क्षेत्रमा अरु देशहरुको तुलनामा जर्मनीले भने कममात्र बजेट खर्च गर्ने गरेको भन्दै जर्मनीको आलोचना पनि गर्नुभएको बताइएको छ । 

 

नेटोका सदस्य राष्ट्रहरूले भने हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा नै उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए । 

 

त्यसैगरी नेटोका महासचिव जेन्स स्टोलटनबर्गले भने अहिलेको लक्षित दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको सो समाचारमा जनाइएको छ । 

 

नेटो बैठकमा उठेको रक्षा क्षेत्रको बजेट रकम बृद्धिसम्बन्धी पत्रकारहरूको प्रश्नको जवाफमा उनले दुई प्रतिशतको लक्ष्य नै भेट्न नसकिएको अवस्थामा हालका लागि सो दिशातर्फ केन्द्रित हुनु नै राम्रो हो भनेका थिए । 

 

 

सम्मेलनमा अफगानिस्तान र सिरियाबारे छफफल 

 

यसैबीच ब्रसेल्समा जारी रहेको नेटो सम्मेलनस्थलबाट प्राप्त समाचारअनुसार उक्त सम्मेलनमा सबैभन्दा धेरै अफगानिस्तानको विषयमा छफफल भएको बताइएको छ । 

 

सो सम्मेलनमा अफगानिस्तानमा नेटो सैनिकहरु रहेका तर तालिबानको हत्या हिंसाको अन्त्य नभएकोमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पसहित नेटोका सबै साझेदार राष्ट्रहरुबीच कुराकानी भएको थियो । 

 

त्यसैगरी सो सम्मेलनका क्रममा साझेदार राष्ट्रहरुबीच सिरियाका बारेमा पनि कुराकानी भएको थियो । उनीहरुले शुरुमा सिरियामा नेटो सेनाको प्रवेशको बारेमा व्यापक छलफल गरेका थिए । 

 

लिबियामाजस्तै सिरियामा पनि नेटो सेनाको प्रवेशको कुरा भएर पनि सेना प्रवेश गर्न नसकेको विषयमा त्यहाँ कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । 

 

उक्त सम्मेलनमा विश्वका शक्तिशाली राष्ट्रहरु साझेदार रहेको नेटो राष्ट्रका राज्य तथा सरकार प्रमुखहरुको सहभागिता रहेको छ । 


थप समाचार

कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

  • 39 minutes ago
कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव धर्मसुन्दर बज्

उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

  • 48 minutes ago
उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताएका छन् । उनले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घा

मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

  • 55 minutes ago
मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।