ट्रम्पलाई मिडियाको कुरा मनपरेन, गरे कडा शब्दमा आलोचना

वासिङ्टन डी सी, संयुक्त राज्य अमेरिका, सञ्चारकर्मीको उपस्थितिमा भएका उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे गरेका अनौपचारिक प्रतिक्रियालाई बाहिर ल्याएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसप्रति चासो व्यक्त गरेका छन् । 

 

राष्ट्रपति ट्रम्पले अनौपचारिक रूपमा भएका वार्तालापबारे सार्वजनिक गर्नुलाई ‘बेइमान पत्रकारिता’ को सज्ञा दिएका छन् ।

 

ट्रम्पले शुक्रबार अबेर गरेको ट्वीटरमा भनेका छन्, “अहो १ मैले क्यानडाबारे ब्लुमवर्गका पत्रकारसँग ‘अफ द रेकर्ड कमेन्ट’गरेको थिएँ । तर सञ्चारमाध्यमबारे विश्वव्यापी मान्यताको उल्लङ्घन गर्दै त्यसलाई सार्वजनिक गरिएको छ । यो गैरजिम्मेवार पत्रकारिताको थप एउटा ज्वलन्त उदाहरण हो । म यस्ता समाचारप्रति बानी परिसकेको छु । कम्तीमा पनि क्यानडाले म कहाँ रहेको छु बुझेको छ ।” 

 

अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजका अनुसार द टोरन्टो स्टारले आफुले अनौपचारिक कुराकानीमा भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा ब्लुमवर्गले राष्ट्रपति ट्रम्पसँग लिएको अन्तवार्ताको उक्त भाग आफुले पाएको जनाएको छ । जसमा ट्रम्पले क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रुडोसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे कुनै सम्झौता नगर्ने बताएका थिए । अन्तवार्तामा उनले यो कुरालाई सार्वजनिक गर्दा क्यानडाले अपमान गरेको महशुस गर्ने र सम्झौताबाट पछि हट्ने पनि बताएका छन् । 

 

ट्रम्पको भनाईलाई फक्स न्यूजले थप उद्धृत गरेको छ, “यहाँ समस्या छ यदि मैले हुन्न भने उत्तर हुन्नमा जान्छ । यदि मैले हुन्न भनेमा तपाईहरूले यसलाई सार्वजनिक गर्नुहुन्छ । यसबाट उनीहरूले अपमानित भएको महशुस गर्छन् र सम्झौताबाट पछाडी हट्न सक्छन् ।” 

 

यसैबीच ट्रम्पले नयाँ उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) का लागि दुई व्यापारिक साझेदार मुलुक क्यानडा र अमेरिकाबीच पहल अघि बढाउनुभएको बताइएको छ । 

 

यस हप्ताको शुरुमा ट्रम्पले आफुले मेक्सिकोसँग लगभग सहमति गरेको बताउनुभएको थियो । उनले क्यानडा नयाँ सम्झौतामा साझेदार रहन्छ वा रहदैन हेर्न बाँकी नै छ । क्यानडासँग हुने भनिएको सम्झौताको समयअवधि शुक्रबारसम्मका लागि मात्र थियो । 

 

ट्रम्पले गत महिना आफ्नो पहलमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई ‘खारेज’ गर्ने र अर्कै सम्झौता गरिने जसको नाम संयुक्त राज्य अमेरिका–मेक्सिको व्यापार सम्झौता हुने पनि बताउनुभएको थियो । 

 

मेक्सिकोका राष्ट्रपति एन्रिक पेना नाइटोले क्यानडा पनि निकट भविष्यमा व्यापार सम्झौताको साझेदार हुने बताएका छन् । 

 

ट्रम्पले छिट्टै क्यानेडाली समकक्षी ट्रुडोलाई फोन गर्ने र क्यानेडाली कारहरूको आयातमा करवृद्धिको प्रस्ताव गर्ने जनाएका छन् । 


थप समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा

  • 11 minutes ago
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्त भ्रमणका लागि पोखराबाट त्यसतर्फ लागेका छन् । मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै मुख्यमन्त्रीहरुम

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

  • 31 minutes ago
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

पशुपतिनगर । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व

गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिनेः गगन थापा

  • 34 minutes ago
गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिनेः गगन थापा

पाल्पा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताएका छन् । उनले सरकारको गुण र दोषका आधारमा काङ्ग्रेसले



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।