ओलीले उभिएरै ट्रम्पलाई भेटे, दुई मिनेट मात्रै भो कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो ।

 

स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलुकका उच्चस्तरीय पाहुना आउने र छलफल हुनाले पनि यो स्वागत समारोह करिव पाँच घण्टा चल्छ । यही समयमा कुराकानीको मौका छोप्न ओली आफ्नो सम्बोधन भन्दा चार दिन पहिले नै न्यूयोर्क ओर्लेका हुन् ।

 

उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिले सहभागिता जनाएका छन ।’ आजको अन्नपूर्ण पोस्ट्बाट


थप समाचार

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

  • 1 hour ago
लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

  • 4 hours ago
रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

अल्डरसटस्थित कुइन्स एभिन्युमा आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्सा

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

  • 4 hours ago
दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

लण्डन । लण्डनस्थित नेपाली दूतावास यहि अक्टोबर १८ विहिबार तथा १९ तारिख शुक्रबारका दिन बन्द रहने भएको छ । नेपालीहरुको महान पर्व दशैंका अवसरमा महानवमी र विजया दशमी गरी २ दिन दूतावास बन्द हुने भएको हो ।



भिडियो

प्रेम र यौन

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।