दाताको १३ करोडले त्रिविको मानवशास्त्र विभागमा खैलाबला

काठमाडौं । नेपालमा समावेशिताको अवस्था अध्ययन गर्न भन्दै युएसएडसँग लिएको १३ करोड रुपैयाँले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा खैलाबैला मच्चिएको छ।

 

मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापकले अनियमित तरिकाले प्रोजेक्ट चलाएर रकम हिनामिना गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेका हुन्। विभागमा पठनपाठन नै बन्द भयो।

 

चर्को विरोधपछि विभागीय प्रमुखले राजीनामा नै दिनुपर्ने अवस्था आयो। प्राडा लयप्रसाद उप्रेतीले विभागीय प्रमुखबाट राजीनामा दिएका हुन्। अहिले उपप्राध्यापक डा डम्बर चेम्जोङलाई विभागीय प्रमुखको जिम्मेवारी छ । 

 

त्रिवि कार्यकारी परिषदबाट परियोजना सञ्चालनको स्वीकृति नलिएको, त्रिविलाई १० प्रतिशत रकम नदिएकोजस्ता विषयले विवाद बढाएको हो। विदेशी निकायसँग रकम लिएर परियोजना सञ्चालन गर्दा त्रिविबाट स्वीकृति लिनुपर्ने र त्रिविलाई १० प्रतिशत रकम दिनुपर्ने नियम छ। परियोजनाका लागि भन्दै आंशिक शिक्षकसमेत त्रिविको अनुमतिविनै नियुक्त गरिएको विद्यार्थीहरूको आरोप लगाएका छन्। आजको नयाँ पत्रिकाबाट ।


थप समाचार

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

  • 3 minutes ago
वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 15 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

  • 22 minutes ago
सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।