IIMS College

ISMT

HUB Education

तुलसीको पातमा यी रोग निको पार्ने क्षमता

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुले तुलसीको मोठ बनाएर पूजा गर्छन् । भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनेर चिनिने तुलसीमा अनेकौं रोग निको पार्ने क्षमता हुन्छ । 

 

तुलसीका पातको प्रयोगले बिभिन्न रोगहरु रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन निको पार्ने विभिन्न अध्ययनहरूले देखाएको छ । 

 

रुघाखोकी र ज्वरो

 

तुलसीका पातमा हुने एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणले रुघाखोकी र ज्वरोलाई कम गर्छ । यसको लागि थोरै पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।

 

मधुमेह नियन्त्रण

 

तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।

 

उच्च रक्तचाप नियन्त्रण

 

तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।

 

तनाव नियन्त्रण

 

तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई तनाव हुन दिँदैन ।

 

युरिक एसिड घटाउने

 

त्यस्तै तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ । चुरोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।

 

छाला सम्बन्धी समस्या ठिक पार्ने

 

तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।

 

माइग्रेन घटाउने

 

तुलसीमा हुने पेनकिलर गुणले माइग्रेनका कारण हुने टाउकोदुखाइलाई यसले कम गर्छ । दिनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ ।


थप समाचार

सामाजिक सञ्जाल मै बित्छ अधिकांशको समय

  • 47 minutes ago
सामाजिक सञ्जाल मै बित्छ अधिकांशको समय

काठमाडौँ । कोरोना भाइरस, (कोभिड —१९) को जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् ।

धनगढीका बजार पूर्ण रुपमा बन्द

  • 53 minutes ago
धनगढीका बजार पूर्ण रुपमा बन्द

काठमाडौँ । कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।

कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारद्वारा रिहा

  • 1 hour ago
कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारद्वारा रिहा

एजेन्सी । कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।