IIMS College

ISMT

HUB Education

किन टर्कीको सेना लिविया पुग्यो ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अङ्कारा । टर्कीले लिवियामा आफ्नो सेना पठाउन थालिसकिएको र उसले संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त त्रिपोलीस्थित राष्ट्रिय सहमतिको सरकार (जीएनए) लाई सघाउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार बताएका छन् । 

 

एर्दोगानले अङ्कारास्थित बेस्टेपे नेशनल कङ्ग्रेस तथा सांस्कृतिक केन्द्रको वार्षिक मुल्याङ्कन सभामा भने,  “हामीले सेनालाई लिवियातर्फ पठाइरहेका छौँ । टर्कीको सेनाले लिवियामा रहेको वैधानिक सरकारलाई सहयोग गर्नेछ र लिवियामा स्थायी शान्ति तथा राजनीतिक स्थायित्वका लागि काम गर्नेछ । हामीले लिवियामा राजनीतिक, व्यापारिक, मानवीय, कूटनीतिक र सैन्य सुविधालगायतका सम्पूर्ण सेवालाई प्रत्याभूत गर्दै आफ्नो सम्पूर्ण उपायहरू परिचालन गर्नेछौँ ।” 

 

सम्वोधनमा एर्दोगानले भने, “टर्कीले लिवियाको पूर्वी भूमध्यसागरीय क्षेत्रबाट सैन्य अभ्यास तथा अनुसन्धानलाई जीएनए सरकारसँगको सहमति अनुरूप छिट्टै काम शुरू गर्नेछ । शुरूमा टर्कीको ओरूक रैस युद्धक विमानले भौगोलिक अध्ययन गर्नेछ ।”

  

टर्कीले लिवियामा जारी द्वन्द्व अन्त्यका लागि राष्ट्रसंघद्वारा मान्यताप्राप्त सरकारसँग गत नोभेम्बरमा दुई सम्झौता गरेको छ । स्थल तथा जल सेनाका लागि सैन्य सहयोगमार्फत् लिवियाली संयुक्त सरकारका प्रधानमन्त्री फायज अल–साराजलाई सहयोग पुर्याउने टर्कीले जनाएको छ । 

 

अङ्काराले एक हप्ता पहिले देखि नै सैनिक समूहहरूलाई पठाउन शुरू गरेको छ ।

 

सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनका भरमा तत्कालिन शासक मोहमर गद्दाफीलाई पदच्युत गरी हत्या गरिएपछि लिवियामा जीएनएले त्रिपोली क्षेत्र हेर्दै आएको छ भने खालिफा हफ्तरद्वारा नेतृत्व गरिएको गद्दाफीको समर्थनमा रहेको लिवियाली राष्ट्रिय सेना (एलएनए)को सहयोगप्राप्त समूहहरूले पेट्रोलियम पदार्थका लागि सम्पन्न मानिने देशको पूर्वी क्षेत्रलाई हेर्दै आएको छ ।


थप समाचार

कति पढेका छन् दह्याङ राइले ?

  • 4 minutes ago
कति पढेका छन् दह्याङ राइले ?

काठमाडौँ । नेपाली सिने जगतमा पछिल्लो समय नयाँ कलाकारहरुको धमाधम इन्ट्री भइरहेको छ । कतिको फिल्म एकपछि अर्को गर्दै हिट भएका छन् भने कतिको सुपर फ्लप भएका छन् ।

एक्सन हिरो जुनियर एन्टिआरको कति छ सम्पत्ति ?

  • 8 minutes ago
एक्सन हिरो जुनियर एन्टिआरको कति छ सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् जुनियर एन्टिआर । उनको जन्म सन् १९८३ मे २० मा भएको थियो । उनका पिता नन्दमुरी हरिकृष्ण एक्टर र राजनीतिज्ञ दुवै हुन् । फिल्म पृष्ठभुमि भएका कारण पनि उन

छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

  • 27 minutes ago
छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

टोखा । टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।