पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् ।  रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिनुभएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहेकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिए । 

 

उनका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उनले बताए । “पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो”, डा शाहले भने, “एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।” यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उनको भनाइ थियो । 

 

ललिताका पति विर्खबहादुर बुढाले उनलाई चार दिनसम्म कालीकोट अस्पतालमा राख्नुभएको थियो । अस्पतालले पठाएपछि उहाँले शनिबार बेलुका प्रदेश अस्पताल सुर्खेतमा ल्याए । बुढाले सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुशी लागेको बताए । 

 

उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिए । “एकातिर खुशी छु तर अर्कोतिर आजदेखि चिन्ता पनि थपिएको छ”, बुढाले भने । बालिकाको जीवन बचाइदिन उनले सरकारसँग सहयोगको याचना गरेका छनछ । 


थप समाचार

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

  • 10 hours ago
जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।