उद्धब पौडेल भए ओम हस्पिटलको अध्यक्ष

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्ष पदमा उद्धब पौडेल सर्वसम्मत रुपले चयन भएका छन् । हस्पिटलको बुधबार साँझ सम्पन्न सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो । 

 

पौडेल नेपालको चलचित्र क्षेत्रमा चार दशकदेखि सक्रिय छन्, उनी सरकारद्वारा पहिलो लाइफ टाइम अचिभमेन्ट प्राप्त र विशिष्ट चलचित्रकर्मीबाट विभूषित समेत भएका छन् ।

 

हस्पिटलको अध्यक्ष चयन भएपछि पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट स्थान बनाएको ओम हस्पिटललाई देशको नमुनालायक हस्पिटल बनाउन आगामी दिनमा जनस्वास्थ्यलाई ध्यान दिई उच्च प्रविधि भित्र्याउने, चिकित्सकको क्षमता वृद्धि र सेवा प्रवाहमा थप प्रभावकारी कार्यक्रम ल्याउने, भौतिक संरचनाको विकास गर्ने, गरिब र असहायलाई सहुलियत र निःशुल्क उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 9 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।