Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुस–युक्रेन युद्धमा क्लस्टर बम प्रयोगको त्रास !

रुस–युक्रेन युद्धमा क्लस्टर बम प्रयोगको त्रास !


एजेन्सी । रुस–युक्रेन युद्ध चलेको १७ महिनाभन्दा बढी भइसकेको छ । उत्तर एट्लान्टिक सन्धि संगठनले युक्रेनलाई युद्ध सामग्रीको निर्बाध आपूर्ति जारी राख्ने निर्णय गरेको छ। तर, नेटोले तत्काल रुसबाट युक्रेनलाई आफ्नो संगठनको सदस्य बनाउन अस्वीकार गरेको छ।

युक्रेनले सदस्य बन्नका लागि आवश्यक सर्तहरू पूरा गर्नुपर्छ र यो युद्ध समाप्त हुनुअघि हुन सक्दैन भन्ने नेटोले जनाएको छ।

यसैबीच अमेरिकाले युक्रेनलाई क्लस्टर बम उपलब्ध गराएर नयाँ विवाद सिर्जना गरेको छ ।

अमेरिकाको यो कदमपछि रुस आक्रोशित भएको छ ।

रुसले चेतावनी दिदै भनेको छ,‘यदि जेलेन्स्कीले गल्तीले पनि क्लस्टर बम प्रयोग गरे भने अर्को ठुलो उत्पात हुनेछ । रसियासँग क्लस्टर बमको भण्डार रहेको छ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार रुससँग क्लस्टर बमको भण्डार रहेको बताएका हुन्।

युक्रेनले विवादास्पद हतियार प्रयोग गरेमा ‘बदला लिने अधिकार’ रहेको उनले चेतावनी दिए।

यसले युक्रेनका जनतामा त्रास फैलाएको छ ।

हाल युक्रेनी जनताको जीवनमा ठूलो खतरा छ ।

के होल क्लस्टर बम ?

क्लस्टर बमहरू अत्यन्त खतरनाक हुन्छन्। यसलाई रुस वा युक्रेन जुनसुकै तर्फबाट प्रयोग गरियो भने मानवताको ठूलो विनाश निश्चित छ ।

क्लस्टर बमलाई परमाणु बमपछिका अन्य खतरनाक बमहरूमा गनिन्छ। यस भित्रबाट हजारौं साना बमहरू निस्कन्छन्, जसले लक्षित स्थानमा ठूलो विनाश निम्त्याउँछ। यसअघि पनि क्लस्टर बम प्रयोग गरेर ठूलो संख्यामा मानिसको मृत्यु भइसकेको छ ।

यही कारणले गर्दा धेरै देशले क्लस्टर बमको प्रयोग नगर्ने गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत हप्ता अन्तिम निर्णय गर्नु अघि अमेरिकी नेताहरूले महिनौंसम्म यो विवादास्पद मुद्दामा छलफल गरेको बताए।

युक्रेनले तिनीहरूलाई सघन जनसंख्या भएको क्षेत्रबाट टाढा प्रयोग गर्ने वाचा गरेको छ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT