नेपालको शिक्षा क्षेत्रका अवसरहरुबारे लण्डनमा छलफल

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 5 months ago
  • युके

 

लण्डन । नेपालको शिक्षा क्षेत्रमा रहेका अवसरहरुका विषयमा लण्डनमा एक सेमिनार सम्पन्न भएको छ । नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा सोमबार यो सेमिनार आयोजना गरेका हुन् । 

सेमिनारमा नेपालको शिक्षा क्षेत्रमा सेवा बिस्तार गरिसकेका तथा भविष्यमा गर्न चाहने बेलायती एजुकेसन प्रोभाइडरहरु, शिक्षा क्षेत्रसंग सम्बन्धित विज्ञ, प्रोफेसर लगायतको सहभागिता थियो । 

 

त्यसअवसरमा नेपालका लागि बेलायती राजदूत मोरिसले नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक विकासक्रमको चर्चा गर्दै स्थिर सरकारको निर्माणसंगै ईच्छुक लगानीकर्ताहरुको लागि नेपालमा थप सहज वातावरण बनेको धारणा राखे । नेपाल सरकारका अधिकारीहरुसंगको भेटमा उनीहरु विदेशी लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध देखिएको उनले बताए । 

 

ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा काठमाडौंस्थित द ब्रिटिश कलेजका सिईओ राजन कंडेलले नेपालमा बेलायती विश्वविद्यालयका कोर्सहरु सञ्चालन गर्दाका अनुभवहरु सुनाए । नेपालमा बेलायती पाठ्यक्रम पढाउने अर्को नयां कलेज स्थापना गर्न लागेका कंडेलले नेपालमा बेलायती एजुकेसन प्रोभाइडरहरुका लागि रहेका अवसरहरुबारे पनि जानकारी गराए । 

 

त्यसअवसरमा केपिएमजी इण्डियाकी स्नेहा जोसेफले नेपालको शिक्षा क्षेत्रबारेको एक रिपोर्ट प्रस्तुत गर्दै बेलायती एजुकेसन प्रोभाइडरुहरुका लागि सम्भाव्य मार्केटको बारेमा जानकारी दिइन् । 

 

स्कटल्याण्डको राष्ट्रिय अवार्डिङ निकाय एसक्युएकी प्रतिनिधी एसलिङ केलीले बेलायत तथा नेपालको शिक्षा क्षेत्रकाबीचको सहकार्यबारे एक प्रिजेन्टेसन गरिन् । 

 

बेलायत तथा नेपालका शिक्षा क्षेत्रसंग निकट कार्यक्रमका सहभागीहरुले नेपालमा बेलायती एजुकेसन प्रोभाइडरहरुका लागि रहेका अवसरहरुबारे अन्तरक्रियात्मक छलफल समेत गरेका थिए । 

 


थप समाचार

ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

  • 2 minutes ago
ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।

छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

  • 7 minutes ago
छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

काठमाडौँ । छातीमा अत्याधिक दुखाई भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

  • 22 minutes ago
भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

नयाँ दिल्ली, भारत । भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।